
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा सञ्चालित ३६औं आधारभूत प्रशासन प्रशिक्षणमा सहभागी मेची, कोशी र भेरी समूहका नवनियुक्त शाखा अधिकृतहरूबाट मिति २०७९/१२/२० गते आयोजित सूचना प्रविधिसम्बन्धी ICT Seminar on “From Risk to Reliability: A Seminar on ICT Security in Public Service " विषयक एकदिने गोष्ठी नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको पृथ्वी हलमा सम्पन्न भयो।उक्त गोष्ठीको अध्यक्षता श्री राजेन्द्र शाहले गर्नुभएको थियो भने प्रमुख अतिथिमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा.राजन खनाल, अतिथिहरूमा अध्ययन विभागका वरिष्ठ निर्देशक तुल्सीशरण सिग्देल, अध्ययन विभागका निर्देशक त्रिलोचन पौड्याल र अध्ययन निर्देशक आचला दाहाल समेत रहनुभएको थियो।
गोष्ठीमा मेची, कोशी र भेरी समूहले मिति २०७९/१२/१५ गते क्रमश: भूमी व्यवस्थापन तथा अभिलेख विभाग, राहदानी विभाग र भन्सार विभागमा स्थलगत अवलोकन भ्रमण गरी लिएको जानकारीको आधारमा सो निकायहरूमा सूचना प्रविधि अन्तर्गत मानव संसाधनको अवस्था, Business Process, Policy, प्रविधिको प्रयोग र आगामी कार्यदिशाका सम्बन्धमा प्रत्येक समूहबाट ५/५ जनाले प्रस्तुति दिनुभएको थियो।
प्रस्तुतकर्तामा मेची समूहको तर्फबाट प्रशिक्षार्थी अधिकृतहरू सहजकर्तामा सरोज मरासिनी र प्रस्तुतकर्ताहरु हेमराज तिमिल्सेना, आंचल बराल, शोभा पाण्डे, जितेन्द्र कार्की र सुभाष यादव रहनुभएको थियो भने कोशी समूहको तर्फबाट सहजकर्तामा हरिप्रसाद सुवेदी र प्रस्तुतकर्ताहरुमा अशोक आचार्य, डम्बर बहादुर बस्नेत, सुमन सुवेदी, युवराज अनिल झा र पोष्टराज ज्ञवली साथै भेरी समूहको तर्फबाट सहजकर्तामा सरोज रेग्मी र प्रस्तुतकर्ताहरु माधव वाग्ले, माधव डांगी, कल्पना सुवेदी, सुभाष यादव र शिशिर भट्टराई रहनुभएको थियो।
उक्त गोष्ठीमा प्रतिष्ठानका कार्यकारी प्रमुखले प्रस्तुतकर्ता तीनवटै समूहलाई वधाई दिंदै विश्व परिवेशमा ICT को आविष्कार, विकास र प्रयोग बढ्दै गएको साथै विगतका वर्षहरुमा सामान्य रुपमा Typing सिकाउनुपर्ने अवस्थाबाट माथि उठी अबको २ देखि ३ वर्षपछिका BAT हरुलाई Artificial Intelligence को विषय पढाउनुपर्ने चुनौती समेत रहेको बताउनुभयो । उहाँले अबको सार्वजनिक प्रशासनको प्राण ICT मै अडेको र सार्वजनिक प्रशासनको सुधार पनि ICT कै विकास र प्रयोगबाट गर्न सकिने बताउनुभयो। ICT को प्रयोग गर्दै जाँदा यसबाट निम्तिन सकिने जोखिम बारे सजगता अपनाउँदै यसबाट अवसर सिर्जना गर्दै जानुपर्ने बताउनुभयो । साथै उहाँले सेवाग्राहीमैत्री सुचना तथा सञ्चार प्रविधिको प्रयोग मार्फत नागरिक सन्तुष्टि अभिवृद्धि गर्नुपर्ने विषयमा पनि जोड दिनुभयो। अन्त्यमा सूचना तथा सञ्चार प्रविधिमा अभ्यस्त भएका Z Generation का पुस्तालाई अबको दिनमा प्रविधिमार्फत हात हातमा सेवा दिनुपर्ने चुनौती रहेको जोड दिनुभयो।
E-banner को बटन थिचेर कार्यक्रमका प्रमुख अतिथिबाट समुद्घाटन भएको कार्यक्रमको सञ्चालन प्रशिक्षार्थी अधिकृत केशव ज्ञवलीले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रशिक्षार्थी अधिकृत सगुन पराजुलीले दिनु भएको थियो । त्यस्तै प्रस्तुतिमा टिप्पणीकर्ताको भूमिकामा दिनेश भट्टराई, हरिभक्त आचार्य र रोशन झा रहनुभएको थियो।कार्यक्रमलाई व्यवस्थित गर्नको लागि व्यवस्थापन टोलीमा प्रत्येक समूहबाट २/२ जना गरी ६ जना, सञ्चारका लागि प्रत्येक समूहबाट ४/४ जना गरी १२ जना र खाना तथा खाजा व्यवस्थापनमा प्रत्येक समूहबाट २/२ जना गरी ६ जना रहनुभएको थियो।
अन्तयमा, अध्यक्षले गोष्ठीमा उपस्थित सबैलाई स-धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभयो।








