नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा भाद्र ६,२०८० देखि नेपाल सरकारका विभिन्न निकायहरुमा कार्यरत उप सचिव वा सो सरहका अधिकृतहरुका लागि सञ्चालित ACMD-3 तालीमलाई सघन र उन्नत वनाउन KNOW YOUR ECONOMY ( KYE) MODULE अन्तर्गत वाग्मती प्रदेशको वन क्षेत्रले अर्थतन्त्रमा गरेको योगदान एक अध्ययन शीर्षकमा कार्यपत्र तयार गरी प्रस्तुत गरिएको थियो ।
प्रस्तुतीमा नेपालमा रहेको वन क्षेत्रको वास्तविक तथ्यांक र वस्तुस्थितिबाट वन क्षेत्रको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा वन सम्पादाबाट राष्ट्रिय अर्थतन्त्रमा जे जति योगदान हुन सक्ने थियो, सो अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह बीच समन्वय र सहकार्य हुन नसकेको देखियो । काष्ठजन्य वस्तुको हालमा ३१:१को अनुपातमा रहेको आयात निर्यातलाई प्रतिस्थापन गर्नसक्ने अवस्था भए पनि सो अनुसार वन ब्यवस्थापन हुन नसकेको अवस्था देखियो । वन क्षेत्रको वहुउपयोगितालाई तीनै तहका सरकारले अनूभूतीकरण गरी सत्यनिष्ठा र इमान्दारिताकासाथ कार्य गर्नसकेमा समग्र वन क्षेत्रको एकीकृत ब्यवस्थापनबाट अर्थतन्त्रमा वहुआयामिक सकारात्मक प्रभाव पर्न सक्ने अवस्था छ।
वाग्मती प्रदेशमा रहेको वनक्षेत्रले अर्थतन्त्रमा गरेको योगदानको प्रस्तुतिका सन्दर्भमा तालिम संयोजक श्री ताराप्रसाद खरेलज्यूले वन क्षेत्रको ब्यवस्थापनमा पारिस्थतिकीय प्रणालीलाई देशको अर्थतन्त्र र समुदाय बीचमा अन्तरआवद्धता आवश्यक पर्ने भन्दै वन क्षेत्रमा रहेको शासकीय मुद्धाको उचित सम्वोधन गर्नुपर्ने आवश्यकतामा जोड दिनु भयो। कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रमुख उप कार्यकारी निर्देशक श्री विष्णुप्रसाद लम्सालले प्रतिवेदन र समग्र प्रस्तुती प्रभावकारी भएको र यसले वन क्षेत्रको वास्तविक तथ्यलाई उजागर गर्दै आगामी दिनमा देशले अवलम्वन गर्नुपर्ने वास्तविकता पहिचान गर्न सफल भएको बताउनु भयो ।
कार्यशालाको अध्यक्षता श्री अजयराज अधिकारी, प्रस्तुतीकरण श्री सविता कार्की, कमल ज्ञवाली र श्री कृष्णराज न्यौपानेले गर्नु भएको थियो भने कार्यक्रमको व्यवस्थापन श्री सन्तोष कुमार कर्ण, टिप्पणी कर्ताका श्री पुष्प प्रकाश खनाल र प्रतिवेदकको भूमिका श्री अनिल पौडेलले निर्वाह गरी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
An ISO 9001:2015 Certified Institution
-
Trainings
-
Trainings
Building capable and future-ready civil servants through practical and impactful learning experiences.
View all TrainingsView all Trainings -
Induction
-
In Service
-
Executive Developement
-
Short Courses
-
-
Research
-
Consulting
-
Portals