२०८२/०५/०९
पहिलो दिनको, पहिलो सत्र
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा नेपाल सरकारका रा. प. द्वितीय श्रेणी (उपसचिव) तहका कर्मचारीहरुका लागि सञ्चालित सेवाकालीन तालिम Advanced Course on Management and Development (ACMD 1) को Know Your Economy (KYE) मोड्यूल अन्तर्गत नेपालको अर्थतन्त्र सम्बन्धी दुई दिने गोष्ठीको पहिलो दिनको पहिलो सत्रमा कार्यक्रमको प्रमुख अतिथिमा केन्द्रीय तथ्यांक विभागका पुर्ब महानिर्देशक तथा राष्ट्रिय तथ्यांक कार्यालयका पुर्ब Deputy Chief Statistician श्री नेबिंन लाल श्रेष्ठ र नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह-सचिब श्री निश्चल राज पाण्डे रहनुभएको थियो। उक्त कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक श्री राम शरण पुडासैनी, वरिष्ठ अध्ययन निर्देशक त्रिलोचन पोखरेल र अन्य faculty members उपस्थितीमा संचालन भएको थियो।यसै गरि प्रतिष्ठानका कोर्ष समयोजक श्री रोशनी भुजेल ज्यूको आतित्यथता रहेको थियो ।
प्रशिक्षार्थी श्री शिव प्रसाद लम्सालले सत्रको अध्यक्षता र कार्यक्रम प्रबन्धकको भुमिकामा श्री बसन्त धिताल गर्नु भएको थियो।यसै गरि टिप्पणीकर्ताको भुमिकामा श्री पवन अधिकारी रहनु भएको थियो। कार्यक्रममा प्रस्तोता श्री ज्ञानेन्द्र बज्राचार्य र श्री पूर्ण प्रसाद पाण्डे नेपालमा Gig Work and Employment Generation in Urban Nepal: Boon or Trap? भन्ने बिषयमा तथ्यपरक एवं व्यवहारिक समेटेर नीतिगत सुझाब सहितको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। नेपालमा Gig Economy को सम्भाव्यता र चुनौतीहरूबारे गहन छलफल गरिएको थियो। उक्त कार्यक्रममा नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह-सचिब श्री निश्चल राज पाण्डे ज्युले सामाजिक सुरक्षामा आबद्ध रहेको जानकारी गराउदै नेपालमा श्रम ऐन र यस सम्बन्धि कानुन बनिसकेको र कार्यन्वयनमा समस्या रहेको जानकारी गराउनु भयो । यसका लागि हामी सबैले जनचेतना अभिबृधि गराउनुपर्ने जिम्मेवारी रहेको जानकारी गराउनु भयो । सरकारले Occupational safety security को हिसाबले सबैको मानव अधिकार प्रतिबद्ता हुनु पर्नेमा जोड दिनु भयो । अर्को बिज्ञ केन्द्रीय तथ्यांक विभागका पुर्ब महानिर्देशक तथा राष्ट्रिय तथ्यांक कार्यालयका पुर्ब Deputy Chief Statistician श्री नेबिंनलाल श्रेष्ठ ज्युले sample साइज सानो र काठमाडौँ मात्र केन्द्रित अध्ययन भएको ले यसको शिर्षक Gig Work and Employment Generation in Kathmandu: Opportunity or Threat? सुझाव दिदै नेपाल भरि अध्ययन गर्न सकेमा सरकारलाई आवस्यक दस्तावेज तयार भै योजना बनाउन मा रोड म्यापको रुपमा लिन सकिने जानकरी गराउनु भयो । टिप्पणीकर्ता पवन अधिकारीले आफैमा गहन बिषयवस्तु भएको विचार राख्दै नेपालमा बेरोजगारको संख्या बढि रहेकोमा यसलाई ब्वास्थित गर्न सकेमा देशमै रोजगार सिर्जना हुने तथा विदेश पलायन हुने स्थिति कम हुने अभिव्यक्ति दिनु भयो।
प्रतिबेदक श्री डा. शान्ति भुर्तेल नेपालले र
ACMD 1, 2082, Group 2
नेपालको गिग अर्थतन्त्रलाई सहजीकरण र नियमन गर्दा औपचारिकीकरण र नवीनताबीच राख्नुपर्ने सन्तुलन सम्बन्धी गोष्ठी सम्पन्न ।
प्रेस विज्ञप्तिः मिति २०८२/०५/०९
पहिलो दिनको दोस्रो सत्र (दिनको १:०० बजे देखि २:३० सम्म)
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा नेपाल सरकारका रा.प.द्वितीय श्रेणी वा सोसरहका कर्मचारीहरुका लागि सञ्चालित सेवाकालिन तालिम Advanced Course on Management and Development (ACMD1_82/83) को Know Your Economy (KYE) मोड्यूल अन्तर्गत नेपालको गिग अर्थतन्त्र सम्बन्धी दुई दिने गोष्ठीको पहिलो दिनको दोस्रो सत्रमा समूह नं. ४ ले व्यवस्थापन गरेको Facilitation and Regulating Nepal's Gig Economy: Balancing Formalization and Innovation विषयक सेमिनार प्रतिष्ठानका कार्यकारी निर्देशक श्री रामशरण पुडासैनीको प्रमुख आतिथ्यमा सम्पन्न भयो । विषय विज्ञको रुपमा आमन्त्रित मध्यमस्तरीय करदाता कार्यालय बबरमहलका प्रमुख कर प्रशासक श्री पदम कुमार श्रेष्ठ र आन्तरिक राजश्व कार्यालय महाराजगञ्जका प्रमुख कर अधिकृत श्री मुक्तिराम आचार्यले उक्त सेमिनारमा प्रस्तुत कार्यपत्र उपर पृष्ठपोषण प्रदान गर्नुभएको थियो। उक्त कार्यक्रममा प्रतिष्ठानका विभिन्न फ्याकल्टी मेम्वरहरु र ACMD1_82/83 तालिम कार्यक्रमका संयोजक रोशनी भुजेलसमेतको उपस्थिति रहेको थियो भने सो कार्यक्रममा तालिममा रहनुभएका सम्पूर्ण प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो।
प्रशिक्षार्थी श्री बिरेन्द्र साहले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रममा कार्यक्रम प्रबन्धकको भुमिकामा श्री बृष बहादुर शाही रहनु भएको थियो भने श्री दिपक प्रसाद खतिवडाले कार्यक्रम संचालक र प्रतिवेदकको भूमिका निर्वाह गर्नुभएको थियो। त्यसैगरी प्रशिक्षार्थी प्रदिप पौडेलले समग्र कार्यक्रमको व्यवस्थापनमा सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । समूहको तर्फबाट प्रशिक्षार्थी श्री क्षितिज श्रेष्ठ, श्री रमेश प्रसाद पौडेल र श्री हरिहर पोखरेलले संयुक्त रुपमा प्रस्तुत गर्नुभएको कार्यपत्र उपर वाह्य समूह (समूह नं.३) को तर्फबाट प्रशिक्षार्थी श्री दिनकर कायस्थले टिप्पणीकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । नेपालमा गिग अर्थतन्त्रलाई नियमन एवं व्यवस्थापन गर्नको लागि के कस्ता उपाय अपनाउनु पर्दछ, नेपालको कर नीतिमा के कस्ता सुधार गरिनुपर्दछ, गिग क्षेत्रमा कार्यरत कर्मयोगीहरुलाई के कस्ता प्रोत्साहन मार्फत करको दायरामा ल्याउनु पर्दछ, नेपालको गिग अर्थतन्त्रमा के कस्ता चुनौती रहेका छन् र त्यसलाई कसरी सम्बोधन गर्दा नेपालको समग्र अर्थतन्त्रको प्रमुख हिस्सा बनाउन सकिन्छ भन्ने बारेमा प्रस्तुत भएको कार्यपत्रका विषयवस्तु उपर गहन र सघन रुपमा छलफल गरिएको थियो।
सहभागी प्रशिक्षार्थीहरुले प्रस्तुतिकरणमा पेश भएका सवालहरु, समस्या र समाधान, सुझावहरु लगायतका बिषयमा अन्तरक्रियाको चरणमा सक्रियतापूर्वक जिज्ञासा, सुझाव एवं पृष्ठपोषण ब्यक्त गर्नुभएको थियो। विषय विज्ञको रुपमा रहनुभएका प्रमुख कर प्रशासक श्री पदम कुमार श्रेष्ठ र प्रमुख कर अधिकृत श्री मुक्तिराम आचार्यले आजको सेमिनारमा प्रस्तुत कार्यपत्रले कर प्रशासन लगायत सरोकारवालालाई नीति निर्माण र सोको कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्दै कर प्रशासन, कर नीति र कानुनमा अझैपनि सुधारका पक्षहरु रहेकोले त्यस्ता सुधारबाट नै Gig Workers लाई पनि व्यवस्थित गर्दै औपचारिक करको दायरामा ल्याउन सकिने र विभिन्न प्रोत्साहनका माध्यमबाट Digital Platforms प्रबर्धन गर्न सकिने धारणा सहित आफ्ना पृष्ठपोषण दिनुभएको थियो।
अन्त्यमा, सभाध्यक्ष साहले अतिथिज्यूहरु, बिषय बिज्ञ र सम्पूर्ण सहभागीहरुलाई सहभागितात्मक अन्तर्क्रियाका लागि आभार ब्यक्त गर्दै सत्रको समापन गर्नु भएको थियो। यस सत्रको गोष्ठीले नेपालको गिग अर्थतन्त्रलाई करको दायरामा समेटी समग्र अर्थतन्त्रलाई चलायमान र अभिबृद्धि गर्न विभिन्न उपायहरुको खोजीमा निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा लिइएको छ ।
