नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको आयोजनामा राष्ट्रिय वाणिज्य बैंक लि.का उच्च पदस्थ कर्मचारीहरुको व्यवस्थापन विकास कार्यक्रमको सिलसिलामा “Future of Banking” विषयमा समूह “क” का सहभागीहरुको तर्फबाट Banking Beyond 2030 सम्बन्धी शिर्षकमा तयार गरिएको कार्यपत्र प्रस्तुत गरियो।
प्रतिष्ठानका कार्यकारी निर्देशक डा.राजन खनालको प्रमुख आतिथ्य एवम् बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा प्रतिष्ठानका उपकार्यकारी निर्देशक विष्णुप्रसाद लम्साल तथा अन्य उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति रहेको थियो।
सहभागीहरुबाट प्रस्तुत भएको उक्त कार्यपत्रमा प्रबिधिमा भएको विकाससँगै बैंकिङ क्षेत्रमा बिभिन्न अवसर तथा चुनौतीहरुको सृजना भएको एवम् ग्राहकहरुको अपेक्षामा व्यापक परिवर्तन आएको सन्दर्भमा बढ्दो प्रतिस्पर्धामा खरो उत्रिन डिजिटल बैंकिङ कारोबारलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरिएको छ। सन् २०३० पश्चात् बैंकिङ प्रतिस्पर्धा तीब्र हुने र नयाँ प्रबिधिहरु जस्तै Artificial Intelligence (AI), Block Chain Technology आदीको प्रयोगबाट बैंकिङ सेवा छिटोछरितो हुने, कारोबार लागत न्यून हुने एवम् बैंकिङ सेवासमेत थप सुरक्षित हुने अपेक्षा गरिएको छ।
उक्त कार्यपत्र माथि टिप्पणीकर्ताले नेपालमा वित्तिय साक्षरताको कमी भएको सन्दर्भमा आधुनिक बैंकिङ उपकरणहरुको प्रयोगमा आफ्नै सिमितताहरु रहेको परिप्रेक्ष्यमा कार्यान्वयन पक्ष चुनौतिपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो। त्यसैगरी कार्यकारी निर्देशक डा. राजन खनालले कार्यपत्र बारे आफ्नो मन्तव्य राख्दै आधुनिक बैंकिङले व्यवसायीक अवसर मात्र नभई Cyber Crime जस्ता चुनौतिहरु देखा पर्ने, नयाँ प्रविधिमा एकै पटक ठूलो लगानी गर्दा खर्चिलो हुने एवम् केन्द्रिय बैंकको सुपरीवेक्षकीय क्षमतामा अभिवृदि गर्नुपर्ने आवश्यकता बारे प्रकाश पार्नु भयो। अन्त्यमा सहभागीहरुको तर्फबाट कार्यक्रमका अध्यक्षले प्रमुख अथिति, अतिथिहरु एवम् टिप्पणीकर्तालाई हार्दिक धन्यबाद व्यक्त गर्दे कार्यक्रमको समापन गर्नुभयो। ![]()
![]()
![]()
![]()
An ISO 9001:2015 Certified Institution
-
Trainings
-
Trainings
Building capable and future-ready civil servants through practical and impactful learning experiences.
View all TrainingsView all Trainings -
Induction
-
In Service
-
Executive Developement
-
Short Courses
-
-
Research
-
Consulting
-
Portals