नेपालको संघीय शासन प्रणाली: आयाम र अभ्यास, पुस्तक विमोचन कार्यक्रम, मिति २०८० भदौँ ५ गते।

 

 

प्रेस विज्ञप्ति

नेपालको संघीय शासन प्रणाली: आयाम र अभ्यास, पुस्तक विमोचन कार्यक्रम

 

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको सङ्घीयता अध्ययन केन्द्रबाट प्रकाशित पुस्तक नेपालको संघीय शासन प्रणाली: आयाम र अभ्यास को बिमोचन मिति २०८० भदौ ५ गते मंगलवार प्रमुख अतिथि सम्माननीय सभामुख देवराज घिमिरेज्यबाट सुसम्पन्न भयो। सो बिमोचन कार्यक्रमको अध्यक्षता प्रतिष्ठानको कार्यकारी निर्देशक डा. राजन खनालले गर्नुभएको थियो।उक्त समारोहमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष माननीय बालानन्द पौडेलले पुस्तकको संक्षिप्त रुपमा समीक्षा गर्दै संघीय प्रणालीलाई स्थायित्व प्रदान गर्नका लागि सम्पूर्ण पक्षहरूको योगदान अपरिहार्य रहेको कुरामा जोड दिनुभयो।साथै उहाँले यस पुस्तकको प्रकाशन संघीयता कार्यान्वयनको दिशामा एक महत्वपूर्ण कदम हुने भन्दै यस्ता प्रकाशनमा निरन्तरता दिन आग्रह गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि सम्माननीय सभामुख देवराज घिमिरेले प्रतिष्ठानले संघीयता अध्ययन केन्द्र मार्फत गरेका संघीयता सम्बन्धी प्रशिक्षण, अनुसन्धान र प्रकाशन कार्यको प्रशंसा गर्दै यो पुस्तक नेपालको संघीय शासन प्रणालीको लागि एउटा महत्वपुर्ण कोसेढुंङ्गा सावित हुने कुरा व्यक्त गर्नुभयो।उहाँले सबै सरोकारवालाहरुले संघीयताप्रति समान सोच र दृष्टिकोण निर्माण गर्नुपर्ने अवश्यकता रहेको र संघीयताको सफल कार्यान्वयनमा सबै एकजुट भएर लाग्नुपर्ने कुरामा विशेष जोड दिनुभयो।साथै प्रतिष्ठान र प्रतिष्ठानमा रहेको संघीयता अध्ययन केन्द्रले आगामी दिनमा थप क्रियाशील हुँदै अध्ययन अनुसन्धान र प्रकाशनका माध्ययमबाट संघीयता कार्यान्वयनमा महत्वपूर्ण योगदान गर्न सकोस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभयो।कार्यक्रमको अध्यक्ष्यता गरिरहनुभएका प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले हाल नेपालमा अभ्यासरत तीन तहको संघीयतामा हरेक तहमा आ-आफ्नै किसिमका नीति निर्माण गर्ने प्रावधान रहेको हुनाले यो संघीयता आँफै नै नीति निर्माण प्रयोगशालाको रुपमा स्थापित हुनसक्ने धारणा राख्नुभयो। आगामी दिनमा प्रतिष्ठानले संघीयता सम्बन्ध थप अध्ययन तथा प्रकाशनका कार्यहरुलाई निरन्तरता दिने कुरामा विशेष जोड दिँदै पुस्तक प्रकाशनमा सबै पक्षहरूबाट प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो। शासन तथा विकास व्यवस्थापन सिकाई समूह र सङ्घीयता अध्ययन केन्द्रका प्रमुख वरिष्ठ अध्ययन निर्देशक श्री तुलसी शरण सिग्देलले सो कार्यक्रम संचालन गर्नुभएको थियो।