उपरोक्त सम्बन्धमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र नीति अनुसन्धान प्रतिष्ठानको संयुक्त आयोजनामा नेपाल सरकार/आयोगहरुमा कार्यरत कर्मचारीहरुको लागि मिति २०७९/१२/२० देखि २०७९/१२/२८ सम्म Innovating Public Policy: Use of Evidence (InnoPolE) विषयक प्रशिक्षण कार्यक्रम संचालन गर्न लागिएको छ ।
उक्त कार्यक्रममा सहभागिताको लागि नीति वा योजनासँग सम्बन्धित क्षेत्रमा कार्यरत वा सो क्षेत्रमा इच्छुक उप-सचिव/रा.प द्वितीय श्रेणीका एक जना अधिकृतको संलग्न मनोनयन फारम भराइ मिति २०७९/१२/१४ भित्र इमेल: roshani.bhujel@nasc.org.np मा पठाई दिनु हुन निर्णयानुसार अनुरोध गरिएको छ । साथै कार्यक्रम सम्बन्धि विस्तृत जानकारी र मनोनयन फारमको लागि www.nasc.org.np हेर्नुहुन अनुरोध गर्दछौं ।
विकास नीति तथा व्यवस्थापन केन्द्र
ने.प्र.प्र प्रतिष्ठान
