Report of GSD Module (Poster Presentation and Learning Reflection)

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबाट सञ्चालित ३७औं आधारभूत प्रशासन प्रशिक्षणमा सहभागी भेरी र जानकी समूहका नवनियुक्त्त राजपत्राङ्कित तृतीय श्रेणीका प्रशिक्षार्थी अधिकृतहरुले Governance and service delivery module  अन्तर्गत Posters Presentation and learning Reflection कार्यक्रम सम्पन्न गरेका छन् ।सो कार्यक्रमका लागि २०८०।०८।७ र ८ गते किर्तीपुर नगरपालिकाको शिक्षा शाखा, स्वास्थ्य शाखा, वडा कार्यालयहरु, आयुर्वेद अस्पताल, किर्तीपुर अस्पताल, मंगल सदन उच्च माध्यमिक विघालय समेतको स्थलगत अवलोकन गरी सेवा प्रवाहको वर्तमान अवस्था, सेवा प्रवाहमा सेवाग्राहीको अपेक्षा, गुनासो सम्बोधन, सेवा प्रवाहमा देखिएका समस्या र आगामी दिनमा गर्नुपर्ने सुधार समेत समेटी Design Thinking Process  माध्यमबाट तयार गरिएका Posters हरुको प्रर्दशनी नेपाल प्रशासनिक प्रशिक्षणको सम्पदा हलमा र सो प्रर्दशनको संक्षेपीकरण सहितको प्रस्तुति सम्मिलित Learning Reflection कार्यक्रम पृथ्वी हलमा सम्मपन्न गरिएको छ । Posters प्रर्दशनीको अवलोकन प्रतिष्ठानका कार्यकारी निर्देशक सहित विभिन्न पदाधिकारीहरु, किर्तीपुर नगरपालिकाबाट वडा नं.२ का वडा सचिव तथा राष्ट्रिय अनुसन्धान केन्द्रका डाक्टरका साथै दुवै समूहका प्रशिक्षार्थी अधिकृतहरुबाट भएको थियो ।साथै, प्रस्तुति सहितको Learning Reflection कार्यक्रम प्रतिष्ठानका कार्यकारी निर्देशक श्री डा. राजन खनालज्यूको अध्यक्षतामा सम्मपन्न भएको छ ।उत्त  कार्यक्रममा अतिथिको रुपमा किर्तीपुर नगरपालिकाबाट वडा नं.२ का वडा सचिव वरिष्ठ अध्ययन निर्देशक श्री त्रिलोचन पोखरेल, राष्ट्रिय अनुसन्धान केन्द्रका डाक्टर श्री सिर्जना श्रेष्ठ, किर्तीपुर नगरपालिकाका वडा नं.२ का वडा सचिव श्री केशव प्रसाद सुवेदी तथा प्रतिष्ठानका विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 
उक्त Learning Reflection कार्यक्रममा स्थलगत अवलोकनको संक्षेपीकरण सहितको प्रस्तुति भेरी समूहको तर्फबाट सहभागी प्रशिक्षार्थी अधिकृत श्री मोति प्रसाद अर्याल र रोशना अधिकारीले तथा जानकी समूहको तर्फबाट प्रशिक्षार्थी अधिकृत श्री उमा गुरुङ्ग तथा स्वागत थापाले गर्नुभएको थियो । उत्त कार्यक्रममा राष्ट्रिय अनुसन्धान केन्द्रका डाक्टर श्री सिर्जना श्रेष्ठले प्रशिक्षार्थी अधिकृतहरुले अवलोकनका क्रममा देखिएका विषयहरुलाई सम्बोधन गर्दै अस्पतालमा बिरामीहरुको चाप बढाउन तथा जनताको विश्वास जित्न आवश्यक पहल गर्ने जानकारी दिनुभयो । किर्तीपुर नगरपालिकाका वडा नं.२ का वडा सचिव श्री केशव प्रसाद सुवेदीले आफ्नो ३८ वर्षको कार्य अनुभव सुनाउनु भो साथै ६६ लाख List card  बनाएको जानकारी समेत दिनुभयो ।  कार्यक्रमका अध्यक्ष तथा प्रतिष्ठानका कार्यकारी निर्देशक श्री डा. राजन खनालले सार्वजनिक सेवा प्रवाहका क्रममा देखिएका विषय र सेवाग्राहीको अपेक्षा र सन्तुष्टीबीचको तादाम्यता कायम गर्नका लागि कार्यस्थलबाट नै अवलोकन गर्न र सेवाप्रवाहमा नागरिकको सन्तुष्टि नै प्रशासनको अन्तिम लक्ष्य भएकोले यसमा ध्यान दिन सबै प्रशिक्षार्थी अधिकृतहरुलाई निर्देशन दिनुभयो ।

कार्यक्रमको सञ्चालन भेरी समूहको तर्फबाट प्रशिक्षार्थी अधिकृत श्री प्रभात ढकाल र जानकी समूहको तर्फबाट प्रशिक्षार्थी अधिकृत श्री अनुशिला काफ्लेले गर्नु भएको थियो ।कार्यक्रमलाई थप सहज बनाउनको लागि व्यवस्थापकको भूमिकामा भेरी समूहको तर्फबाट प्रशिक्षार्थी अधिकृत श्री हिमाल डंगौरा र जानकी समूहको तर्फबाट प्रशिक्षार्थी अधिकृत श्री विनोद भट्टराई रहनुभएको थियो ।कार्यक्रमको Rapporteur को भूमिकामा भेरी समूहको तर्फबाट प्रशिक्षार्थी अधिकृत श्री रंजीत कुमार यादव र जानकी समूहको तर्फबाट प्रशिक्षार्थी अधिकृत श्री गुरुदत्त शर्मा रहनु भएको थियो भने Photographer भूमिकामा भेरी समूहको तर्फबाट प्रशिक्षार्थी अधिकृत श्री प्रशान्त राई र जानकी समूहको तर्फबाट प्रशिक्षार्थी अधिकृत श्री सुर्यकान्त झा रहनुभएको थियो ।