नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र नीति अनुसन्धान प्रतिष्ठान विकास समिति बीच सार्वजनिक नीति, विकास कार्यक्रम र सुशासन सम्बन्धी अनुसन्धानलाई सबल र व्यापक बनाउने साझा चाहनाबाट निर्देशित भई,आपसमा दीर्घकालिन र बलियो सहकार्यका लागि आधार तयार गर्ने लक्षका साथ २०७७ साल माघ २८ गते समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा औपचारिक कार्यक्रम गर्दै नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान तर्फबाट कार्यकारी निर्देशक डा. राजन खनाल तथा नीति अनुसन्धान प्रतिष्ठान विकास समिति तर्फबाट कार्यकारी अध्यक्षले उक्त समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो ।