नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (NASC) द्वारा सञ्चालित Advance Course on Management and Development (ACMD) अन्तर्गत Module IV "Know Your Economy (KYE) को लागि ACMD Khaptad 5th batch समूह ४ बाट “Age of AI and its Impact on societal transformation” विषयक गोष्ठी मिति २०७९-१०-२३ गते खप्तड हलमा आयोजना भयो। सो कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका (NASC) का कार्यकारी निर्देशक डा. श्री राजन खनालले गोष्ठीको उदघाटन कार्यपत्रको विषय पढेर गर्नु भएको थियो।उक्त कार्यक्रममा यस ACMD कोर्सका संयोजक श्री शिवहरि अधिकारीको पनि सहभागिता रहेको थियो।यस कार्यक्रमलाई श्री गंगाधर पौडेलले स्वागत मन्तव्य, गोष्ठीको विषयमा सामान्य जानकारी दिदै र समुहका सदस्यहरूको परिचयवाट शुरू गरेका थिए।कार्यक्रमको अध्यक्षता श्री धर्मराज रोकायले गर्नुभएको थियो भने समूहको तर्फबाट श्री वीरसिहं धामी र श्री रोशना तुलाधरले Artificial intelligence र यसले समाजमा पारेको असरहरूका सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो।त्यस्तै उक्त कार्यक्रममा श्री लेखनाथ कटुवाल Event Manager, श्री केशव पराजुली Commentator, श्री सुरेश श्रेष्ठ र श्री गगांधर पौडेल द्वय Rapporteur रहनुभएको थियो ।
प्रस्तुतकर्ता श्री वीरसिहं धामी ले Artificial intelligence भनेको के हो, यसको संक्षिप्त बिकासक्रम, हालको अवस्था, विभिन्न क्षेत्रमा यसको बढ्दो प्रयोग, नेपालको समग्र सामाजिक आर्थिक विकासमा पारेको प्रभाव, यसका फाइदा र बेफाइदा सम्बन्धमा विस्तृतमा प्रस्तुतीकरण गर्नुभएको थियो।उहांले हामीले अहिले प्रयोग गर्दै आएको smart phone, Chatbots, Google assistant, Alexa, Video games, ChatGPT, Metaverse, Robots, Autocars, Drone सवै AI अन्तरगत नै पर्ने बताए।यसै गरि अवको ४५ वर्षमा ५०% मानवको कार्यमा AI को प्रयोग हुने अनुसन्धानले देखाएको कुरा बताउनु भयो।साथै AI को प्रयोग स्वास्थ, कृषि, यातायात, शिक्षा, पर्यतन, रक्षा प्रणाली, संचार, Art and Design जस्ता धरै क्षेत्रमा भइरहेको जानकारी गराउनु भयो।अर्का प्रस्तुतकर्ता श्री रोशना तुलाधरले टेलिभिजनमा Artificial Intelligence ले पारेको प्रभाव र यसको बिकास क्रमको बारेमा जानकारी दिदैं आजकल रोवोर्टलाई समाचार वाचनमा समेत प्रयोग गर्न थालिएको कुरा उल्लेख गर्नु भयो।
उक्त प्रस्तुतिकरणमा टिप्पणीकर्ता श्री केशव पराजुलीले टिप्पणी गर्नुभएको थियो ।उहाँले AI सम्वन्धी प्रस्तुति हेरेर स्वपनिल दुनियामा पुगेको अनुभव गरको र प्रस्तुति उत्कृष्ट रहेको बताउनु भयो।उहांले चुनौतिहरूलाई नेपालसंग जोडर विश्लेषण गरको भए अझ राम्रो हुने बताए।
कार्यक्रममा सहभागीहरुको तर्फबाट श्री प्रकाश अधिकारी, श्री निता सापकोटा र श्री चिनीमाया तामाङ लगायतले आ-आफ्ना टिप्पणी, सुझाव, सल्लाह र जिज्ञासाहरु राख्नुभएको थियो।सो जिज्ञासाहरुको जवाफ कार्यपत्र प्रस्तुतकर्ता श्री वीरसिहं धामीले दिनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. श्री राजन खनालले कार्यपत्रको प्रशंसा गर्दै KYE Module को सिकाइको उदेश्य प्राप्त भएको बताउनु भयो।साथै AI लाई नेपालको आर्थिक पक्षसंग जोडि ठोस प्रभाव पार्न सक्ने ठांउहरू उल्लेख गरी प्रस्तुतिलाई अझ प्रभावकारी बनाउन सकिने कुरामा जोड दिनु भयो।
कार्यक्रमको अन्तमा कार्यक्रमका अध्यक्ष श्री धर्मराज रोकायले KYE module ले Seminar संचालन सम्वन्धि विविध कुराहरू सिकाएको र सो सम्वन्धी ज्ञान आफ्नो कार्य क्षेत्रमा प्रयोग हुने विचार राख्नुका साथै कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागीहरुलार्इ धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।