उच्च-स्तरीय नीति सम्वाद (High-Level Policy Discourse) कार्यक्रम सम्पन्न

आज मिति २०७८ भाद्र २९ गते मंगलवारका दिन नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग संगको सहकार्यमा Intergovernmental Fiscal Relation: Unfolding Dynamics and Policy Implications बिषयक उच्च-स्तरीय नीति सम्वाद (High-Level Policy Discourse) कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रतिष्ठानको संघीयता अध्ययन केन्द्रका विभागीय प्रमुख तथा बरिष्ठ अध्ययन निर्देशक श्री तुलसी शरण सिग्देलले सबैलाई स्वागत गर्दै कार्यक्रमको बारेमा प्रकास पार्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका तर्फबाट दुईवटा कार्यपत्रहरु प्रस्तुत गरिएका थिए । पहिलो कार्यपत्र Managing Intergovernmental Relationship बिषयमा प्रतिष्ठानका उप-कार्यकारी निर्देशक श्री बिष्णु प्रसाद लम्साल र दोश्रो कार्यपत्र Intergovernmental Fiscal Relationship बिषयमा प्रतिष्ठानका बरिष्ठ अध्ययन निर्देशक श्री आनन्दराज ढकालले गर्नुभएको थियो ।

उक्त कार्यपत्रहरुमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष माननीय बालानन्द पौडेल लगायत सदस्यहरु माननीय अमर राज मिश्र र जुध्द बहादुर गुरूङ साथै आयोगका सचिव श्री गोकर्णमणि दुवाडी र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले टिप्पणी गर्नुभएको थियो । कार्यपत्रमा परिपूरण गर्दै आयोगका सचिव श्री दुवाडीले आयोगले हालैका दिनहरुमा तयार गरेका रणनीतिक महत्वका दस्तावेज तथा प्रतिवेदनहरुलाई अध्ययन गरी सोको सुधारकालागी सुझावको अपेक्षा राख्नुभयो । त्यसैगरि आयोगका सदस्य माननीय अमर राज मिश्रले प्रतिष्ठानमा संघीयता सम्बन्धी अध्ययन गर्ने छुट्टै केन्द्र स्थापनाले आगामि दिनमा सो सम्बन्धी अध्ययन, अनुसन्धान र मामला अध्ययनमा सहयोगी हुने राय व्यक्त गर्नुभयो । त्यसैगरि आयोगका अर्का सदस्य माननीय जुध्द बहादुर गुरूङले वित्तीय संघीयताको कार्यान्वयनमा आयोगको ठुलो भूमिका रहेको र यस्ता खालका कार्यक्रमहरुले आयोगलाई सही दिशा पहिल्याउनमा सहयोगी सिद्धहुने कुरामा जोड दिनुभयो । आयोगका अध्यक्ष माननीय बालानन्द पौडेलले आयोगका तर्फबाट प्रतिष्ठानलाई र कार्यपत्र प्रस्तोतालाई बिशेष धन्यवाद ज्ञापन गर्दै संघीयतामा नीतिगत दोहोरोपना नहोस भन्नकालागी सरकारहरु बीचमा समन्वय, सहकार्य, सह-अस्तित्व हुनुपर्नेमा जोड दिनुभयो ।

समारोहका सभाध्यक्ष नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले सम्पूर्ण सहभागीहरुलाई धन्यबाद दिदै वित्त आयोग र प्रतिष्ठानबीचको यो सहकार्यले क्षमता विकास र अनुभव आदान प्रदानमा महत्वपूर्ण सहयोग हुनेछ भन्ने विश्वास व्यक्त गर्नुका साथै यस्ता कार्यक्रमहरुले संघीयता र वित्तीय संघीयता सम्बन्धी आयोग, प्रतिष्ठान र विज्ञहरुको बुझाईमा एकरुपता ल्याउन सहयोग पुर्याउने विश्वास पनि व्यक्त गर्नुभयो ।