Conference Meeting on Breaking the Stigma-Mental Health : Stepping towards Prosperity

       जावलाखेल,ललितपुर । मिति २०७९ माघ २३ गते सोमबारका दिन नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरको खप्तड कक्षमा Breaking the Stigma-Mental Health : Stepping towards Prosperity विषयमा एक Conference को आयोजना गरियो । उक्त कार्यक्रम Advance Course on Management and Development (ACMD) अन्तर्गत चौथो मोड्युल Know your Economy (KYE) का लागि ACMD-5 Khaptad Group को समूह-3 को तर्फबाट भएको थियो । कार्यक्रम उद्घोषण श्री पूर्णचन्द्र घिमिरेले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता श्री मन्जु खतिवडाले गर्नु भएको थियो ।कार्यक्रमको उद्धघाटन नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा  राजन खनालले गर्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता गरिरहनु भएका श्री मन्जु खतिवडाले उपरोक्त विषयमा कार्यपत्र प्रस्तुत गर्न प्रस्तोतकर्ताद्वय श्री प्रकाश आचार्य र श्री चिनीमाया तामाङ्गलाई समय प्रदान गर्नुभएको थियो । प्रस्तोता श्री प्रकाश आचार्यले मानसिक स्वास्थ्य, नेपालमा मानसिक स्वास्थमा देखिएका सामाजिक लगायत अन्य अवरोध तथा सकारात्मक एवं नकारात्मक असर र प्रभावहरुको बारेमा चर्चा गर्दै सकारात्मक मानसिक स्वास्थ्य र नकारात्मक मानिसक स्वास्थ्यले मानव जीवनमा पार्ने प्रभावका बारेमा जानकारी दिनुभएको थियो । अर्का प्रस्तोता श्री  चिनीमाया तामाङ्गले स्वस्थ कार्य वातावरणका बारेमा चर्चा गर्दै सकारात्मक र नकारात्मक मानसिक स्वास्थ्यले राष्ट्रको अर्थतन्त्रमा पार्न सक्ने प्रभावको बारेमा उल्लेख गर्दै मानसिक स्वास्थ्यका लागि विश्व स्वास्थ्य संगठनको पहलहरुका बारेमा अवगत गराउनु भएको थियो । विस्तृत प्रकृतिको सो कार्यपत्रमा ACMD-5 Khaptad Group को समूह-3 ले गरेको अनलाइन सर्वेक्षणको नतिजालाई समेत समावेश गरिएको थियो भने मानसिक स्वास्थ्यका लागि नेपालमा सरकारी र गैर सरकारी निकायका प्रयासहरुलाई समेत समेटिएको थियो । त्यस्तै व्यक्तिगत तथा सांगठनिक रुपमा मानसिक स्वास्थ्यको stigma लाई Break गर्नका लागि अवलम्बन गर्नुपर्ने विषयमा पनि कार्यक्रममा चर्चा भएको थियो ।

कार्यक्रममा टिप्पणीकर्ता श्री निता सापकोटाले प्रस्तोतकर्ता दुवैको समग्र प्रस्तुति राम्रो रहेको र धेरै विषयलाई समेटिएको उल्लेख गर्दै कार्यपत्रमा Technical subject matter लाई न्याय गरिएको बताउनुभयो । प्रस्तुत कार्यपत्रमा  Stigma का अन्य आयामलाई समावेश गर्न सकिएको भएमा प्रस्तुति उझ उत्कृष्ट हुने थियो भन्ने धारणा वहाँले राख्नुभएको थियो । उक्त कार्यक्रममा सहभागीहरु श्री झबिन्द्र पाण्डे, घनेन्द्र खनाल, धर्म राज रोकाय, लेखनाथ कटवाल, केशव पराजुली, बिष्णु बहादुर भण्डारी र डा. करिष्मा मल्ल बैद्यले जिज्ञासा तथा सुझावहरु राख्नुभएको थियो भने कार्यपत्र प्रस्तोताहरुले सुझाव र जिज्ञासाहरुको सम्बोधन गर्नुभएको थियो ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका बरिष्ठ अध्ययन निर्देशक श्री त्रिलोचन पोखरेलले प्रस्तुतीमा धेरै कुरा समेटिएको उल्लेख गर्दै मानसिक स्वास्थ्य आफैमा एक सामाजिक मुद्धाको रुपमा रहेको बताउनुभयो । प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले प्रस्तुती उत्कृष्ट रहेको र कार्यक्रमको वाताबरण सुरुमै राम्रो बनेको बताउनुभयो । प्रस्तुत कार्यपत्रमा आर्थिक पक्षलाई समेटन थप तथ्यांक प्रयोग गरेको भय अझ राम्रो हुने सुझाब वहाँले दिनुभएको थियो ।

ACMD-5 Khaptad  group का coordinator द्वय श्री शिवहरि अधिकारी र लिलानाथ सापकोटाको पनि उपस्थिति रहेको सो कार्यक्रममा इभेन्ट म्यानेजरको भूमिका श्री महेश अवस्थीले निर्वाह गर्नुभएको थियो भने रिपोर्टरका रुपमा श्री विश्वरुप दाहाल र श्री पूर्णचन्द्र घिमिरे रहनु भएको थियो ।