Closing Ceremony of Executive Development Program

 

नेपाली सेनाका वरिष्ठ अधिकृतहरूका लागि मिति २०७८ कार्तिक २९ गते देखि मंसिर २ गतेसम्म संचालित Executive Development Program (EDP) सम्पन्न भएको छ । कार्यक्रम समापन समारोहको अध्यक्षता उपकार्यकारी निर्देशक श्री विष्णुप्रसाद लम्सालले गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा नेपाली सेना वार कलेजका प्रमुख एवम उपरथी श्री संजय थापा, प्रतिष्ठानको Management Learning Group का विभागीय प्रमुख श्री वसन्तराज सिग्देल,  Center for Organization Development का केन्द्र प्रमुख श्री विनोद कुमार विष्ट, नेपाली सेनाका सहायक रथी श्री प्रेमध्वज अधिकारीसहायक रथी श्री सागर बहादुर थापा एवं नेपाली सेना वार कलेजका प्रशिक्षकहरू तथा प्रतिष्ठानका प्रशिक्षक एवं कार्यक्रम संयोजन समूहको उपश्थिति रहेको थियो

 

समापन कार्यक्रममा प्रशिक्षार्थी अधिकृतहरूको तर्फबाट सिकाइ अनुभव शेयर गर्दै श्री लक्ष्मण थापाले यस प्रशिक्षणबाट सिकाइ कहिल्यै नसकिने रहेछ भन्ने अनुभूति अझ गाढा भएको र कार्यक्रममा समेटिएका विषयवस्तुहरू एवं सिकाइ विधि अत्यन्त व्यवहारिक, नयाँ दृष्टिकोण निर्माणमा सहयोगी र एक नेतृत्वकर्तालाई अत्यावश्यक सक्षमताहरूको विकास गर्दै आफ्नो सोच र व्यबहारमा परिवर्तन ल्याउन अभिप्रेरित गर्नमा उत्कृष्ट रहेको बताउनुभयो ।

 

कार्यक्रमको दृष्टिकोण र संचालन अनुभव राख्ने क्रममा Management Learning Group का विभागीय प्रमुख श्री वसन्तराज सिग्देलले प्रस्तुत कार्यक्रमले नेपाली सेनाका उच्च अधिकृतहरूलाई आफ्नो कार्यजिम्मेवारी थप उत्कृष्ट तवरले सम्पादन गर्ने सन्दर्भमा आइपरेका समस्या, द्विविधा एवं सम्भावनाका क्षेत्रहरू पहिल्याउन पर्याप्त Reflection एवं Resolution को अवसर दिन सकेकोमा खुशी व्यक्त गर्दै कार्यक्रमबाट भएको सिकाइलाई आफ्ना निर्णय तथा कार्यव्यबहारमा उतार्न सहभागीहरूबाट व्यक्त प्रतिबद्धताको सराहना गर्नुभयो । कार्यक्रममा सहभागी अधिकृतहरूलाई बधाइ मन्तव्य दिंदै नेपाली सेना वार कलेजका प्रमुख, उपरथी श्री संजय थापाले व्यबस्थापनको क्षेत्रमा Center of Excellence का रूपमा रहेको प्रतिष्ठानले नेपाली सेनाका उच्च अधिकृतहरूको व्यवस्थापकीय एवं नेतृत्व सीप अभिबृद्धि गर्नका लागि गरेको महत्वपूर्ण योगदानको कदर गर्दै आगामी दिनमा पनि यस्तो सहकार्यको निरन्तरता रहने विश्वास व्यक्त गर्नुभयो ।

 

समापन समारोहका प्रमुख व्यक्तित्व उपकार्यकारी निर्देशक श्री विष्णुप्रसाद लम्सालले सहभागी वरिष्ठ अधिकृतहररूलाई प्रशिक्षण सम्पन्न प्रमाणपत्र वितरण गर्नुयो । दीक्षान्त मन्तव्यका क्रममा उपकार्यकारी निर्देशक श्री लम्सालले नेपाली सेनाको क्षमता विकासको अभियानमा प्रतिष्ठान स्थापनाकालदेखि नै सहभागी हुँदै आएको र त्यसको निरन्तरताको रूपमा वार्षिक कार्यक्रममा समेत समावेश गरी कार्यक्रम संचालन गरिरहेको बताउनुभयो । यो कार्यक्रम नेपाली सेनाका उच्च अधिकृतहरूको सिकाइ आवश्यकता अनुसार Best Fit हुने गरी संचालन गरिएको र सक्रियतापूर्वक सहभागी भई कार्यक्रमको उद्देश्य प्राप्तिमा सहयोग गर्नुभएकोमा सबै प्रशिक्षार्थी अधिकृतहरूलाई बधाइ एवं धन्यवाद ज्ञापन गर्नुभयो ।

 

उक्त प्रशिक्षण कार्यक्रममा नेपाली सेनाको वार कलेजमा Higher Command and Staff Course अन्तरगत प्रशिक्षणरत प्राविधिक तथा गैर प्राविधिक ३५ जना कर्नेलहरूको सहभागिता रहेको थियो ।