“संघीय व्यवस्थाको पाँच वर्षः स्थानीय सरकारको अनुभव र सिकाइहरु” विषयक कार्यशाला गोष्ठी सम्पन्न

“संघीय व्यवस्थाको पाँच वर्षः स्थानीय सरकारको अनुभव र सिकाइहरु”

कार्यशाला गोष्ठी

२०७८ फाल्गुन २१ र २२ गते

आयोजकः नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको संघीयता अध्ययन केन्द्र, नेपाल नगरपालिका महासंघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपाल

स्थानः धुलिखेल लज एण्ड रिर्सोट, धुलिखेल

पहिलो दिनः

“संघीय व्यवस्थाको पाँच वर्षः स्थानीय सरकारको अनुभव र सिकाइहरु” कार्यशाला गोष्ठी स्वागत तथा उद्घाटन मन्तव्यबाट सुरुवात भयो । गाउँपालिका राष्ट्रिय महासंघ नेपालका केन्द्रीय सदस्य श्री लक्ष्मी पाण्डे, नेपाल नगरपालिका महासंघका अध्यक्ष श्री अशाोक व्याञ्जु र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले सम्पूर्ण सहभागीलाई स्वागत गर्नुभयो ।

स्वागत मन्तव्य पछि संघीयता अध्ययन केन्दका प्रमुख, वरिष्ठ अध्ययन निर्देशक श्री त्रिलोचन पोख्रेलले कार्यक्रमको उद्देश्य, रुपरेखा, संघीयता र स्थानीय तहको भूमिकाबारे प्रस्तुतीकरण गर्नुभयो ।

कार्यशाला गोष्ठीमा उपस्थित विभिन्न नगरपालिका र गाउँपालिकाका प्रतिनिधिहरुलाई ४ समूहमा विभाजन गरियो । हरेक समूहबाट दुई महत्वपूर्ण विषयमा छलफल गरी प्रस्तुतीकरण गरेको थियो । सहभागीहरुले ‘स्थानीय तहको संवैधानिक र कानूनी दायित्व’ र ‘स्थानीय तहको संवैधानिक दायित्व र कार्यान्वयनको अवस्था’ जस्ता विषयमा विद्यमान समस्याहरु उजागर गरिएका थिए ।

सामूहिक प्रस्तुतीकरण पश्चात प्राध्यापक डा. विपिन अधिकारीले स्थानीय तहको संवैधानिक दायित्व र कार्यान्वयनको अवस्थाको बारेमा आफ्नो केही धारण व्यक्त गर्नुभयो । साथै उहाँँसंंग सहभागीहरुले अन्तरक्रिया समेत गरे ।

अन्ततः ‘सबै समूहलाई स्थानीय तहको वित्तीय तथा प्रशासनिक अनुभव र चुनौती’ विषयमा छलफल गर्न लगाइयो भने प्रस्तुतीकरण दोस्रो दिन गर्ने गरी पहिलो दिनको कार्यक्रम सकिएको घोषणा गरियो ।

 

दोस्रो दिनः

“संघीय व्यवस्थाको पाँच वर्षः स्थानीय सरकारको अनुभव र सिकाइहरु” कार्यशाला गोष्ठीको दोस्रो दिन अघिल्लो दिनको पुनरावलोकनका साथ सुरुवात भयो । कार्यक्रममा ३७ जनाको सहभागिता थियो ।

कार्यक्रममा विभिन्न नगरपालिका र गाउँपालिकाका प्रमुख/उप–प्रमुख र अध्यक्ष/उपाध्यक्षले आफ्नो कार्यकालमा भएका सुधार र आएका कठीनाईबारे विभिन्न विषयमा अनुभव र सिकाई प्रस्तुत गर्नुभयो ।

पहिलो दिन ‘स्थानीय तहको वित्तीय तथा प्रशासनिक अनुभव र चुनौती’ विषयमा छलफल गरी टुंगाइएको थियो भने दोस्रो दिनमा त्यसको प्रस्तुतिकरण गरियो । त्यस्तै सबै समूहले ‘स्थानीय तहको सेवा प्रवाहको अनुभव र चुनौती’र ‘स्थानीय तहका चुनौती र आगामी कार्य दिशा’विषयहरुमा छलफल गरी प्रस्तुती गरेका थिए ।

दुवै सामुहिक प्रस्तुतीहरु पश्चात प्रतिष्ठानका उप–कार्यकारी निर्देशक श्री विष्णु प्रसाद लम्सालले आफ्नो विचार र सुझाव व्यक्त गर्नुभयो ।

स्थानीय तहमा वित्तीय तथा प्रशासनिक अवस्था कस्तो छ भनि नेपाल सरकारका पूव राजश्व सचिव श्री शिशिर ढुंगानाले आफ्नो अनुभव, विचार र सुझाव व्यक्त गर्नुभयो ।

अन्ततः आयोजक तर्फबाट गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष श्री होम नारायण क्षेष्ठ, नेपाल नगरपालिका महासंघका अध्यक्ष श्री अशाोक व्याञ्जु र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले आफ्नो टिप्पणी राख्दै कार्यक्रम समापन गर्नुभएको थियो ।