३८औं आधारभूत प्रशासन प्रशिक्षण (Basic Administration Training) को शुभारम्भ

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा नेपाल सरकारका नव–नियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृतहरुका लागि आयोजित ३८औं आधारभूत प्रशासन प्रशिक्षण (Basic Administration Training) को आज मिति २०८० फागुन १० गते, बिहीबार विधिवत रुपमा शुभारम्भ गरियो । यस आधारभूत प्रशासन प्रशिक्षण प्रशासन समूहका अधिकृतहरुका लागि ६ महिना सम्म सञ्चालनमा रहन्छ भने वाँकी सेवा/समूहको हकमा ४ महिना सम्म सञ्चालनमा रहन्छ ।  यस अन्तर्गत सामान्य प्रशासन समूहका १०६, लेखा समूहका ५१, राजस्व समूहका ३३, लेखापरीक्षण सेवाका १८, परराष्ट्र सेवाका ८ र संसद सेवाका ९ जना सहभागीहरु गरी कुल २२५  जना प्रशिक्षार्थीहरु रहेका छन्  । 
अतिथिको आसनबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव श्री अर्जुनप्रसाद पोखरेल, लोक सेवा आयोगका सचिव श्री राजकुमार श्रेष्ठ, महालेखा नियन्त्रक श्री हरिप्रसाद मैनाली, उप-महालेखा परीक्षक श्री बिन्दु बिष्ट, संघीय संसद सचिवालयका डा. रोजनाथ पाण्डे, परराष्ट्र मन्त्रालयका सचिव श्री सेवा लम्साल र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका निमत्त सचिव कमल प्रसाद भट्टराईले प्रशिक्षार्थीहरुलाई शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 


शुभारम्भ कार्यक्रमको समापन मन्तव्य दिने क्रममा कार्यक्रमका सभाध्यक्ष प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमबाट सम्पूर्ण प्रशिक्षार्थीहरुलाई धेरै भन्दा धेरै सिकाईका लागि आग्रह गर्नुभयो ।

 

स्वागत मन्तव्य राख्ने क्रममा प्रतिष्ठानको सार्वजनिक सेवा प्रशिक्षण विभागका प्रमुख एवं बरिष्ठ अध्ययन निर्देशक श्री त्रिलोचन पोखरेलले प्रशिक्षण कार्यक्रमको उद्देश्य तथा बिषयवस्तुहरुको बारेमा प्रकास पार्नुभएको थियो ।