नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा सञ्चालित ३७ औं आधारभूत प्रशासन प्रशिक्षणमा सहभागी मेची र खप्तड समूहका नवनियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका शाखा अधिकृतहरुबाट आयोजित सूचना प्रविधि सम्बन्धी एकदिने गोष्ठी-“Enhancing Professionalism In Service Delivery Walking Together With ICT” सम्पन्न भएको छ। मिति २०८०/०७/०१ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको पृथ्वी हलमा आयोजना भएको कार्यक्रममा नेपाल सरकारका विभिन्न निकायहरुमा भएको सूचना प्रविधिको प्रयोग¸ समस्या तथा समाधानका सम्बन्धमा प्रत्येक समूहबाट ५/५ सहभागिले सो बारेमा आफ्नो समूहको तर्फबाट प्रस्तुति दिनुभएको थियो।
“Enhancing Professionalism In Service Delivery Walking Together With ICT” भन्ने आदर्श वाक्यका साथ सञ्चालित उक्त गोष्ठिको अध्यक्षता ३७ औं ब्याट खप्तड ग्रुपको नवनियुक्त शाखा अधिकृत श्री शिला तिम्सिना ज्यूले गर्नुभएको थियो भने प्रमुख अतिथिमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक श्री डा.राजन खनाल, विशिष्ट अतिथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव श्री नारायणप्रसाद भट्ट¸ सूचना प्रविधि विभागका निर्देशक श्री लोकराज शर्मा, NASC का Senior Director of Studies त्रीलोचन पोखरेल¸ र NASC का Director of Studies उत्तम आचार्य, सुन्दर श्रेष्ठ र NASC का विभिन्न बिधाका निर्देशक¸ उपनिर्देशक फ्याकेल्टी मेम्बर तथा ग्रुप कोर्डिनेटरहरु अतिथिको रुपमा रहनु भएको थियो।
मिति २०८०/०७/०१ गते ३७ औं आधारभूत प्रशासन प्रशिक्षणमा सहभागी मेची समूहका प्रशिक्षार्थी अधिकृत, र खप्तड समूहका प्रशिक्षार्थी अधिकृतहरु क्रमश: प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेल्लो सरकार शाखा र सूचना प्रविधि विभागको स्थलगत अवलोकन भ्रमणमा गइ उक्त निकायमा रहेको सूचना प्रविधि प्रयोगको अवस्था, मानव संशासधनको अवस्था, सूचना प्रविधिको प्रयोगका सम्बन्धमा भएका कानूनी व्यवस्था, विजनेश प्रोसेस म्यानेजमेन्ट लगायतका विषयमा जानकारी लिनुभएको थियो। सोही जानकारीको आधारमा आजको एक दिने गोष्ठी सम्पन्न भएको हो।स्थलगत अवलोकन भ्रमणका क्रममा देखिएका विषयको प्रस्तुति आफ्नो समूहको तर्फबाट मेची समूहमा सहभागी प्रशिक्षार्थी अधिकृतहरु प्रबिना भन्डारी , विनिता यादव, राजेन्द्र चापागाई, भिम सापकोटा र अभिनय अधिकारीले दिनुभएको थियो त्यस्तै खप्तड समूहको तर्फबाट प्रस्तुती गर्नुहुने कृष्ण भण्डारी, अमृता पन्थी, हरी अधिकारी, बसन्त गैह्रे र रामबावु प्रसाद कुशवाहा रहनुभएको थियो। स्थलगत भ्रमण गरिएको निकायको जनशक्तिको अवस्था, सूचना सञ्चार तथा प्रविधिको सम्बन्धमा भएका कानूनी तथा नीतिगत व्यवस्था, निकायमा प्रयोगमा रहेका सूचना सञ्चार प्रविधि सम्बन्धी अनलाइन प्रणालीहरु, उक्त प्रणाली सञ्चालन तथा प्रयोग सम्बन्धी कार्यविधि साथसाथै सूचना सञ्चार प्रणालीहरुको प्रयोगका भावि योजनाहरुको पेरिफेरिमा आजको समग्र प्रस्तुति केन्द्रित रहेको थियो।
कार्यक्रममा बोल्ने क्रममा प्रतिष्ठानका कार्यकारी प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथिले संचालित गोष्ठमा भएका त्रुटीहरु सच्चाउदै राज्य व्यवस्था संचालनामा सूचना प्रविधिको प्रयोग र विकास गरी e-Governance र Automated शासन संचालनमा सम्बद्ध सबैको ध्यान जान जरुरी रहेको बताउनुभयो। उहाँले सूचना प्रविधिमा अपेक्षाकृत रुपमा सरकारका निकायगत समन्वय तथा अन्तरआवद्धता हुन नसकेको र सामाजिक-आर्थिक रुपान्तरणका लागि सूचना तथा सञ्चार प्रविधिको अन्तरआवद्धता तथा प्रयोगलाई प्राथमिकतामा राख्नुपर्ने विषयमा समेत जोड दिनुभयो।त्यस्तै विशिष्ट अतिथि श्री नारायण प्रसाद भट्ट तथा सूचना प्रविधि विभागका निर्देशक श्री लोक प्रसाद शर्माले देश बौद्धिक पलायन चरम उत्कर्षमा रहेको समयमा सूचना प्रविधिको दिगो विकास गरी डिजिटल डिभाईडको न्यूनिकरण गर्दै गरी ई-गभर्नेन्सको प्रभावकारी संचालन गर्न सबै प्रशिक्षार्थी लाग्नु पर्ने बताउनु भएको थियो। कार्यक्रमका विशेष अतिथि NASC का वरिष्ठ अध्ययन निर्देशक श्री त्रिलोचन पोखरेल, अध्ययन निर्देशक श्री उत्तम आचार्यले संचालित गोष्ठी तथा सूचना प्रविधिका सम्बन्धमा आफ्नो मन्तव्य प्रस्तुत गर्नुभएको थियो । साथै कार्यक्रममा अध्यक्षका रुपमा रहनुभएका शिला तिम्सिनाले यो गोष्ठिको विशेष अवसर प्रदान गर्नुहुने NASC को सम्पूर्ण टिमलाई विशेष धन्यवाद दिदै प्रशिक्षार्थी सबैले समय व्यवस्थापनलाई मुख्य ध्यान दिनुपर्ने शासकीय प्रणाली संचालनमा सूचना प्रविधिको प्रयोगमा हामी प्रशिक्षार्थीमा विशेष दखल रहनुपर्ने मन्तव्य प्रस्तुत गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन खप्तड समुहका प्रशिक्षार्थी अधिकृत शिव प्रसाद भन्तनाले गर्नुभएको थियो भने कार्यक्रमको स्वागत मन्तव्य मेची समुहका प्रशिक्षार्थी प्रज्ञा घिमिरेले गर्नु भएको थियो।कार्यक्रमलाई थप सहज बनाउनको लागि सहजकर्तामा मेची समुहकको तर्फबाट अर्जुन प्रसाद रेग्मी र खप्तड समूहको तर्फबाट राजन आचार्य रहनुभएको थियो। त्यस्तै प्रस्तुतीको टिप्पणीकर्ताको रुपमा ध्रुव प्रसाद अधिकारी र जेनिम अधिकारी रहनुभएको थियो। कार्यक्रमलाई व्यवस्थित गर्नको लागि व्यवस्थापन टोलीमा प्रत्येक समूहबाट २/२ जना गरी ४ जना, संचारको लागि प्रत्येक समूहबाट ४/४ गरी ८ जना र खाना तथा खाजा व्यवस्थापनमा प्रत्येक समूहबाट २/२ जना गरी ४ जना रहनुभएको थियो ।