
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा सञ्चालित ३६औं आधारभूत प्रशासन प्रशिक्षणमा सहभागी कर्णाली, बाग्मती र जानकी समूहका नवनियुक्त शाखा अधिकृतहरुबाट आयोजित सूचना प्रविधि सम्बन्धी एकदिने गोष्ठी-“E-Governance Intervention For Public Service Delivery: Status And It’s Future” सम्पन्न भएको छ। २०७९/११/१९ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको पृथ्वी हलमा आयोजना भएको उक्त कार्यक्रममा नेपाल सरकारका विभिन्न निकायहरुमा भएको सूचना प्रविधिको प्रयोग सम्बन्धमा प्रत्येक समूहबाट ५/५ जनाले आफ्नो प्रस्तुति दिनुभएको थियो।
“E-Governance Intervention For Public Service Delivery: Status And It’s Future” भन्ने आदर्श वाक्यका साथ सञ्चालित उक्त गोष्ठिको अध्यक्षता Senior Director of Studies श्री बसन्तराज सिग्देल ज्यूले गर्नुभएको थियो भने प्रमुख अतिथिमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका Executive Director डा.राजन खनाल, विशिष्ट अतिथिहरुमा Deputy Executive Director विष्णु प्रसाद लम्साल, Senior Director of Studies तुलसीशरण सिग्देल र Director of Studies त्रिलोचन पौड्याल रहनुभएको थियो।
मिति २०७९/११/१६ गते ३६औं आधारभूत प्रशासन प्रशिक्षणमा सहभागी कर्णाली समूहका प्रशिक्षार्थी अधिकृत, बाग्मती समूहका प्रशिक्षार्थी अधिकृत र जानकी समूहका प्रशिक्षार्थी अधिकृतहरु क्रमश: भूमि व्यवस्थापन तथा अभिलेख विभाग, सूचना तथा प्रविधि विभाग र राष्ट्रिय सूचना प्रविधि केन्द्रमा स्थलगत अवलोकन भ्रमणमा गइ उक्त निकायमा रहेको सूचना प्रविधि प्रयोगको अवस्था, मानव संशासधनको अवस्था, सूचना प्रविधिको प्रयोगका सम्बन्धमा भएका कानूनी व्यवस्थालगायतका विषयमा जानकारी लिनुभएको थियो। सोही जानकारीको आधारमा आजको एक दिने गोष्ठी सम्पन्न भएको हो।
स्थलगत अवलोकन भ्रमणका क्रममा देखिएका विषयको प्रस्तुति आफ्नो समूहको तर्फबाट वाग्मती समूहमा सहभागी प्रशिक्षार्थी अधिकृतहरु नविन सुवेदी, श्रीदेव यादव, मुकेश कुमार पाठक, विजय भुसाल र सुरेश लावतीले दिनुभएको थियो भने कर्णाली समूहको तर्फबाट दिलकुमार अधिकारी, ठगिन्द्र कट्टेल, कमल प्रसाद अर्याल, पुरक अधिकारी र दुर्गा गिरीले प्रस्तुती दिनुभएको थियो त्यस्तै जानकी समूहको तर्फबाट प्रस्तुती गर्नुहुने दुर्गेन्द्र वली, छत्र बहादुर थापा, विजय भट्टराई, विशाल भण्डारी र लोकराज ढुंगाना रहनुभएको थियो।
स्थलगत भ्रमण गरिएको निकायको जनशक्तिको अवस्था, सूचना सञ्चार तथा प्रविधिको सम्बन्धमा भएका कानूनी तथा नीतिगत व्यवस्था, निकायमा प्रयोगमा रहेका सूचना सञ्चार प्रविधि सम्बन्धी अनलाइन प्रणालीहरु, उक्त प्रणाली सञ्चालन तथा प्रयोग सम्बन्धी कार्यविधि साथसाथै सूचना सञ्चार प्रणालीहरुको प्रयोगका भावि योजनाहरुको पेरिफेरिमा आजको समग्र प्रस्तुति केन्द्रित रहेको थियो।
उक्त कार्यक्रममा बोल्ने क्रममा प्रतिष्ठानका कार्यकारी प्रमुखले सूचना प्रविधिको प्रयोगका सम्बन्धमा देखिएका समस्या तथा आएका चुनौती सामना गर्दै Faceless Service Delivery मा सम्बद्ध सबैको ध्यान जान जरुरी रहेको बताउनुभयो।उहाँले सूचना प्रविधिमा अपेक्षाकृत रुपमा सरकारका निकायगत समन्वय तथा अन्तरआवद्धता हुन नसकेको र सामाजिक-आर्थिक रुपान्तरणका लागि सूचना तथा सञ्चार प्रविधिको अन्तरआवद्धता तथा प्रयोगलाई प्राथमिकतामा राख्नुपर्ने विषयमा समेत जोड दिनुभयो।त्यस्तै विशेष अतिथि त्रिलोचन पौड्यालले डिजिटल साक्षरता बढाउन तर्फ सबै प्रशिक्षार्थी लाग्नु पर्ने बताउनु भएको थियो।साथै कार्यक्रममा अध्यक्षका रुपमा रहनुभएका बसन्तराज सिग्देलले प्रशिक्षार्थी सबैले व्यवस्थापनलाई मुख्य ध्यान दिनुपर्ने र व्यवस्थापन बुझ्नको लागि लेखा प्रणाली, कानूनी प्रक्रिया र सूचना प्रविधिमा विशेष दखल रहनुपर्ने बताउनु भयो र कार्यक्रमको समापन गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन सुवास आलेले गर्नुभएको थियो।कार्यक्रमलाई थप सहज बनाउनको लागि सहजकर्तामा जानकी समूहको तर्फबाट शैलेश किरण राई चाम्लिङ्ग, कर्णाली समूहको तर्फबाट सिताराम राई र वाग्मती समूहको तर्फबाट लक्ष्मी बिष्ट रहनुभएको थियो। त्यस्तै प्रस्तुतीको टिप्पणीकर्ताको रुपमा सविन वाग्ले, हिमलाल चापागाई र राम बहादुर राई रहनुभएको थियो।
कार्यक्रमलाई व्यवस्थित गर्नको लागि व्यवस्थापन टोलीमा प्रत्येक समूहबाट २/२ जना गरी ६ जना, संचारको लागि प्रत्येक समूहबाट 4/4 गरी १२ जना र खाना तथा खाजा व्यवस्थापनमा प्रत्येक समूहबाट 2/2 जना गरी ६ जना रहनुभएको थियो।