
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान द्वारा सञ्चालित ३७ औ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रम भेरी र जानकी समूहका सम्पूर्ण नवनियुक्त राजपत्रांकित तृतीय श्रेणीका अधिकृतहरुद्धारा आयोजित सुचना प्रविधि सम्बन्धी एकदिने गोष्ठी भव्यताका साथ सम्पन्न भएको छ । यसै प्रतिष्ठानको हाता भित्र रहेकोको पृथ्वी हलमा मिति २०८० कार्तिक २२ गते दुई सत्रमा आयोजना भएको यस कार्यक्रममा भेरी र जानकी दुवै समूहका तर्फबाट ५/५ जना सहभागिहरुले क्रमशः काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय (बग्गी खाना) र निर्वाचन आयोगको केन्द्रिय कार्यालय, काठमाण्डौमा Human Resource, Business Process, ICT Policy & Technology को समग्र अवस्था र सोको प्रयोगको शिलशिलामा देखिएका समस्या तथा समाधानका सम्बन्धमा उहाँहरुले आ-आफ्नो समूहको तर्फबाट प्रस्तुति दिनुभएको थियो ।
"Secured and Audited ICT: Today, Tomorrow and Beyond" आदर्श नाराका साथ सञ्चालित उक्त गोष्ठिको अध्यक्षता ३७ औ आधारभुत प्रशासन प्रशिक्षणका जानकी समूहका प्रशिक्षार्थी अधिकृत श्री बालकृष्ण गुरागाँई ज्यूले गर्नुभएको थियो भने प्रमुख अथितिमा श्री डा. राजन खनाल, विशेष अथितिमा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय (बग्गी खाना) का वरिष्ठ प्रहरी उपरीक्षक श्री राजेन्द्र प्रसाद भट्ट , निर्वाचन आयोगको केन्द्रिय कार्यालय काठमाण्डौका उपसचिव श्री आदेश खड्का, ने.प्र.प्र.प्रतिष्ठानका वरिष्ठ अध्ययन निर्देशक श्री त्रिलोचन पोखरेल, अध्ययन निर्देशक श्री उत्तम आचार्य, अध्ययन निर्देशक श्री सुन्दर श्रेष्ठ तथा प्रतिष्ठानका अन्य विभिन्न विधाका निर्देशक, उपनिर्देशक, फ्याकेल्टी मेम्बर, दुबै समूहका संयोजकहरु, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका अन्य पदाधिकारिहरुका साथै भेरी र जानकी दुबै समुहका सम्पूर्ण प्रशिक्षार्थी अधिकृतहरुको सहभागिता रहेको थियो ।
यस ३७ औ आधारभूत प्रशासन प्रशिक्षणमा सहभागी भेरी र जानकी समूहका प्रशिक्षार्थी अधिकृतहरुले क्रमशः काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ (बग्गी खाना) काठमाडौं र निर्वाचन आयोग, काठमाण्डौको मितिः२०८०।०७।१७ गते स्थलगत अवलोकन भ्रमणमा गई उक्त निकायमा रहेको सूचना प्रविधि प्रयोगको अवस्था, मानव संशाधनको अवस्था, सुचना प्रविधिको प्रयोगका सम्बन्धमा भएका नीतिगत तथा कानूनी व्यवस्था, Business Process Management लगायतका विषयमा अध्ययन तथा जानकारी लिनुभएको थियो । सोही अध्ययन अवलोकन तथा जानकारीको आधारमा आजको एकदिने गोष्ठी सम्पन्न भएको छ । उक्त स्थलगत अवलोकनका क्रममा देखिएका विषयको प्रस्तुति आ-आफ्नो समूहका तर्फबाट दुबै समुहले प्रस्तुती दिएका थिए । भेरी समूहका तर्फबाट प्रस्तुत गर्नुहुने अधिकृत प्रशिक्षार्थीहरुः श्री बेनी बहादुर मोक्तान, इन्द्रमणी पौडेल, शर्मिला पौडेल, मनोज तिम्सिना र रमेश पौडेलले रहनुभएको थियो भने जानकी समूहबाट रामू ज्ञावाली, अनिल रिजाल, उषा भट्ट, किशोर सिग्देल र अशर जि.सीले प्रस्तुति दिनुभएको थियो । स्थलगत भ्रमण गरिएको निकायको जनशक्तिको अवस्था, सूचना तथा सञ्चार प्रविधिको सम्बन्धमा भएका नीतिगत तथा कानूनी व्यवस्था, निकायको सञ्चालन तथा व्यवस्थापनका क्रममा प्रयोग भएका अनलाइन प्रणालीहरु, उक्त प्रणाली सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा भएका कार्यविधि साथै भावि योजनाहरुको सेरोफेरोमा आजको समग्र प्रस्तुति केन्द्रित रहेको थियो ।
जानकि समूहको समूहको प्रस्तुतिकरण पश्चार बिशेष अतिथिको रुपमा उपस्थित हुनुभएका निर्वाचन आयोगका उपसचिव खड्काले निर्वाचन आयोग भावि समयमा सुचना प्रविधिको प्रयोगलाई विस्तार गर्दै निर्वाचन आयोगद्धारा सम्पादन हुने सम्पूर्ण कार्यहरुलाई प्रविधिमैत्री बनाई आफ्नो सेवा प्रवाहलाई Innovative & Impressive बनाउनेछ भन्ने भनाई व्यक्त गर्नुभएको थियो ।साथै उपसचिव खड्काले प्रतिष्ठानले अबलम्बन गरेको ICT Seminar सहितको तालिम पद्धति निकै प्रभावकारि रहेको र यसले प्रशिक्षार्थी अधिकृतहरुलाई उत्कृष्ट सिकाईको अवसर दिएको र भविष्यमा प्रभावकारि रुपमा सेवा प्रदान गर्न सहज हुने कुरा बताउनुभयो ।
कार्यक्रमको दोस्रो सत्रमा भेरी समुहका तर्फबाट प्रशिक्षार्थी अधिकृतहरुले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभयो । यस पश्चात कार्यक्रमका विशेष अथिति काठमाडौं उपत्यका ट्राफिक कार्यालयका वरिष्ठ प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद भट्टले आफ्नो भनाई राख्नुका साथै कार्यक्रममा उठेका जिज्ञासाहरुको सम्बोधन गर्नुभयो । उहाँले ट्राफिक व्यवस्थापनमा धेरै निकायहरु संलग्न हुने, सडकमा २० वटा कसुर गरेमा जरिवाना हुने कानूनी प्रवन्ध रहेको, यात्रुहरुको सहज आवागमन, सडक अनुशासन कायम हुन नसकेको, नेपाल प्रहरीमा ICT को विकास, खरिद, प्रयोग र अध्ययनको कार्य नेपाल प्रहरीको हेडक्वाटरबाट सम्पादन हुने र उक्त कार्य ट्राफिक प्रहरी कार्यालयले फिल्डमा कार्यान्वयन गर्ने, आफुले सक्ने सुधार गर्ने, ट्राफिक व्यवस्थापनको लागि अन्य निकायहरुसँग सहकार्य र समन्वय गर्ने, जरिवानाहरु समयसापेक्ष परिमार्जन गर्नको लागि आवश्यक कानूनी प्रवन्ध गर्नुपर्ने र सोको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, Intelligent Traffic System र Intelligent traffic light सम्बन्धि कार्यहरु अघि बढेको बताउनुभयो । यसले ट्राफिक व्यवस्थापन र त्यहाँको आन्तरिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन सहज हुने बताउनु भयो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरका कार्यकारी निर्देशक डा. राजन खनालले निमन्त्रणा स्विकार गरेर पाल्नुभएका विशेष अतिथि तथा सम्पुर्ण सहभागिहरुलाई धन्यबाद दिनुभयो।उहाँले ICT को पर्योगले हाम्रो जिवनमा र कार्यमा धेरै सहजता ल्याएको बताउनुभयो। उहाले यो गोष्ठिले सहभागिहरुलाई सिकाई र भोलिका दिनमा कार्यसम्पादनमा सहजता ल्याउनका साथै प्रशिक्षार्थी अधिकृतहरुको आत्मविश्वास बढ्ने जिकिर गर्नुभयो।छोटो समयमा कसरी कार्यसम्पादन गर्ने र समय व्यवस्थापन कसरी गर्नुपर्छ भन्ने विषयमा Alertness गराउनु यस गोष्ठिको मुख्य उद्देश्य रहेको कुरा उहाँले व्यक्त गर्नुभयो।
यस कार्यक्रमको सभापतित्व गर्नुभएका जानकी समुहका प्रशिक्षार्थी अधिकृत श्री बालकृष्ण गुँरागाईले आफ्नो कार्यव्यस्तताका बाबजुत हाम्रो निमन्त्रणालाई स्वीकार गरि कार्यक्रममा आई कार्यक्रमको गरिमा बढाउनु भएका प्रमुख अतिथि,विशेष अतिथिहरु, अतिथिहरु, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका सम्पूर्ण पदाधिकारी र कर्मचारीहरु र कार्यक्रमलाई प्रभावकारी बनाउन सक्रिय र सार्थक सहभागिताको लागि भेरी र जानकी दुबै समुहका प्रशिक्षार्थीहरुलाई हार्दिक धन्यवाद दिनुका साथै यस कार्यक्रमको शिलशिलामा सिकेका कुराहरु भविष्यमा कार्य सम्पादनको क्रममा प्रयोग गर्ने प्रतिवद्धता समेत व्यत गर्नुभयो ।
कार्यक्रमको सञ्चालन जानकी समूहका प्रशिक्षार्थी अधिकृत अशोक न्यौपानेले गर्नुभएको थियो भने कार्यक्रमको स्वागत मन्तव्य सोही समूहकी अस्मिता ढकालले गर्नुभएको थियो । कार्यक्रमलाई थप सहज बनाउनको लागि सहजकर्ताको रुपमा भेरी समूहबाट श्री मुक्ति पौडेल र जानकी समूहका श्री उमा गुरुङ्ग रहनुभएको थियो । त्यसैगरी प्रस्तुतीको टिप्पणीकर्ताको रुपमा भेरी समूहबाट श्री अदित दाहाल र जानकी समूहबाट श्री स्वागत थापा रहनुभएको थियो । कार्यक्रमलाई व्यवस्थित गर्न व्यवस्थापन समूहमा प्रत्येक समूहबाट २/२ जना गरी ४ जना, संचारको लागि प्रत्येक समूहबाट ४/४ जना गरी ८ जना र खाना तथा खाजा व्यवस्थापनमा प्रत्येक समूहबाट २/२ गरी ४ जना रहनुभएको थियो ।