राज्यको बित्तिय बितिरण प्रणालीमा हस्तान्तरण भएको पाँचअरब स्थानीय तहमा रोकियो 

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा नेपाल सरकारका बिभिन्न सेवामा कार्यरत CLASS-2 OFFICER लक्षित IN SERVICE TRAINING, ACMD-2, 2080 को Know Your Economy अन्तर्गत यार्षा समूहका प्रशिक्षार्थीहरुले "बित्तिय बितिरणका चारबर्षको अभ्यास" बिषयक एक दिने सेमिनार प्रतिष्ठानको पृथ्वी हलमा सम्पन्न गरेका छन ।
सो सेमिनारमा प्रस्तुत गरिएको कार्यपत्रमा नेपालले अंगिकार गरेको संघीय संरचना अन्तर्गत बित्तिय बितिरण गरेको बजेटको उपयोग खर्च वार्षिक अस्सी प्रतिशत भन्दा बढि खर्च हुन् सकेको छैन| यसैगरि स्थानीय तहले उक्त रकम संघमा फिर्ता नगरी आफ्नै कोषमा राख्ने गरेकाले उदेश्य अनुरुप विकास हुन सकिरहेको पाइएन| उक्त कार्यपत्रको प्रमुख उद्देश्य विनियोजित राजस्व को उचित उपयोग र राष्ट्रियकोषको नीतिगत सुधारका लागि सुझाब प्रस्तुत गर्नु रहेको थियो | कार्यक्रमको प्रमुख अतिथि प्रतिष्ठानका बरिस्ठ निर्देशक त्रिलोचन पोखरेलले संघियता अहिलेपनि अभ्यासको क्रममा रहेकोले उचित बय्स्थापन गर्नमा जोड दिनु भयो | कार्यक्रमका बिशेष अतिथि NASC का अध्ययन निर्देशक डा. रघु बिस्ट र अनिता पौडेलले आर्थिक विकासका बिभिन्न आयामहरुको कसीमा विकासखर्च र राजस्व संकलन लाई हेर्नुपर्ने बताउनुभयो | उहाँहरुले अध्ययनको दायरालाई अझ बढी फराकिलो बनाई बिभिन्न  अन्तर्राष्ट्रिय अभ्यासहरुलाई समेटेर लैजानु पर्नेमा जोड दिनुभयो |उक्त सेमिनारको प्रस्तुतिकरण ध्रुव प्रसाद पाण्डे र दिपक लामिछानेको रहेको थियो | उक्त कार्यक्रममा सुदिना कुइकेल Commentator,विजय कुमार वर्मा Event Manager र मनोज कुमार साह Rapporteur को भूमिका निर्वाह गर्नुभएको थियो | 
कार्यक्रमका अध्यक्ष सागर प्रसाईले प्रमुख अतिथि, बिशेष अतिथि, ACMD-2 कार्यक्रमका संयोजक गोबिन्द भण्डारी, KYE सहजकर्ता शितल मोक्तान, Commentator दान बहादुर थापा लगायत उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन सहित कार्यक्रम समापन गर्नु भएको थियो |