
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आज मिति २०८२ असोज १० गते आफ्नो ४३ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका कार्यकारी निर्देशक श्री रामशरण पुडासैनीले गर्नुभएको थियो । प्रतिष्ठानका उप-कार्यकारी निर्देशक, वरिष्ठ अध्ययन निर्देशक र अन्य कर्मचारीहरुको समेत सो कार्यक्रममा उपस्थिति रहेको थियो ।
कार्यक्रममा उप-कार्यकारी निर्देशक श्री बसन्तराज सिग्देलले गत आ. व. का मुख्य गतिविधिहरुको प्रगति समिक्षा प्रस्तुत गर्नुभयो । वहाँले प्रतिष्ठानका मूल्य मान्यताहरुको स्मरण गर्दै सो को अनुसरण गर्न कर्मचारीहरुलाई प्रेरित गर्नुभयो । कार्यक्रममा वरिष्ठ अध्ययन निर्देशक श्री विनोद कुमार बिष्टले हरदम प्रगति पथमा लम्किरहन शुभकामना ब्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा यहि मिति २०८२ असोज २ गते प्रतिष्ठानमा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्नुहुने कर्मचारीहरुलाई कार्यकारी निर्देशक श्री पुडासैनीले कदर-पत्र प्रदान गर्नुभएको थियो । साथै आजैका मितिदेखि सेवानिवृत्त हुन लाग्नुभएका प्रतिष्ठानका प्रशासकीय तथा वित्तिय निर्देशक भवानी पौडेललाई कदर-पत्र सहित बिदाई गरिएको थियो भने गत आ. व. मा प्राध्यापन तथा अनुसन्धान र प्रशासनका क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्नुहुने ४ जना कर्मचारीहरुलाई उत्कृष्ट कर्मचारी घोषणा गरि नगद तथा सम्मान-पत्र प्रदान गरिएको थियो ।
समापन मन्तव्य राख्ने क्रममा कार्यक्रमका अध्यक्ष कार्यकारी निर्देशक श्री पुडासैनीले प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशकहरु तथा सम्पूर्ण पूर्व कर्मचारीहरुको योगदानको कदर गर्दै वँहाहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । वहाँले कर्मचारीहरुलाई मूल्य मान्यताहरुको अनुसरण गर्न प्रेरित गर्नुभयो । साथै भोलिका दिनहरुमा प्रतिष्ठानले आफ्नो रणनैतिक योजना अनुसारको कार्यक्रमहरु निरन्तर रुपमा अगि बढाउनुपर्ने कुरा उल्लेख गर्दै वहाँले कार्यक्रमको समापन गर्नुभयो । 

