नेपालमा दिगो वन व्यवस्थापनको आर्थिक प्रभाव विषयक एक दिने सेमिनार सम्पन्न

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरद्वारा मिति २०८० श्रावण ३१ गते देखि नेपाल सरकारका द्वितिय श्रेणी वा सो सरहका कर्मचारीहरुको लागि संचालित ACMD II को कवां समुहले मिति २०८० भाद्र २९ गते संचालन गरेको नेपालमा दिगो वन व्यवस्थापनको आर्थिक प्रभाव विषयक एक दिने सेमिनार सम्पन्न भयो । उक्त सेमिनार कवां समुहको नेतृत्व एवं आयोजनामा प्रतिष्ठानद्वारा उपलब्ध Know Your Economy (KYE) शिर्षकको अधिनमा रही प्रस्तुति तथा छलफल सम्पन्न भएको छ ।

डा. श्री बुद्धि प्रसाद पौडेलको संयोजकत्वमा भएको सेमिनारमा प्रमुख अतिथि प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. श्री राजन खनाल, विशेष अतिथि सिनियर अध्ययन निर्देशक श्री बसन्तराज सिग्देल, सिनियर अध्ययन निर्देशक श्री त्रिलोचन पोखरेल, अध्ययन निर्देशक श्री अचला दाहाल, अध्ययन निर्देशक राजेन्द्र अधिकारी, अतिथि श्री शीतल मोक्तान र अतिथि संयोजक श्री गोविन्द भण्डारी र ACMD II का सम्पूर्ण प्रशिक्षार्थिहरुको उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन ईभेन्ट मेनेजर श्री मन्जु कवां, मोडरेटर/कमेन्टेटरको भूमिकामा श्री दान बहादुर थापा हुनुहुन्थ्यो भने रिपोटरको भुमिका श्री दयानन्द जोशीले निर्वाह गर्नु भएको थियो । श्री दिनेश भट्टराई र श्री ललित कुमार कर्णले नेपालमा दिगो वन व्यवस्थापनको आर्थिक प्रभाव शिर्षकमा प्रस्तुति गर्नु भएको थियो । प्रस्तुतिमा दिगो वन व्यवस्थापनको आर्थिक प्रभाव सम्बन्धी परिचय, विभिन्न स्रोतवाट प्राप्त गरीएका अध्ययन सामग्रीहरु, अध्ययनको उद्देश्य, अध्ययनका सीमाहरु, विध्यमान नीति, कानुनहरु, प्राकृतिक स्रोतको रुपमा वनको विविध आयामहरु, नेपालको अर्थतन्त्रमा वनले पार्ने आर्थिक प्रभाव, राजश्वमा असर पार्ने विषयवस्तु लगायत सुधार गर्नु पर्ने विषयहरु समेटिएका थिए । वनले नेपालको राजश्वमा नगदको रुपमा र वस्तु, सेवा, रोजगारीको रुपमा योगदान पुर्याएको साथै रोयाल्टि मार्फत समेत टेवा दिएको विषयमा मुख्यरुपमा छलफल भएको थियो ।

प्रस्तुति पश्चात सहभागिहरुको तर्फवाट उठान भएका विषयहरुमा कवां समुहवाट सम्बोधन गरिएको तथा प्रस्तुतिको कमेन्ट यार्सा समुहका कमेन्टेटर श्री सुदिना कुईकेलले गर्नु भएको थियो । सोही अवसरमा अतिथि र विशेष अतिथिहरुवाट प्रस्तुतिका राम्रा र सुधार गर्नु पर्ने विषयहरु औल्याइएका थिए भने प्रतिष्ठानका कार्यकारी निर्देशक ज्यूले समग्र प्रस्तुति, सुधार गर्नु पर्ने विषय एवं नेपालको वन सम्बन्धी नीतिमा कुन कुन सुझाव दिन उपयुक्त हुन्छ स्पष्ट रुपमा सिफारिस गर्न सुझाव दिनु भयो ।

नेपालको राजश्वमा वनको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा योगदान रहेको निष्कर्ष सहित वनले पर्यटनमा उल्लेख्य योगदान दिनसक्ने, राष्ट्रिय जडिबुटी विकास बोर्ड गठन गरी जडिबुटी प्रबर्द्धन गर्न सकिने सुझाव सहित सेमिनार सम्पन्न भएको थियो ।