दोस्रो दिन, पहिलो शत्र
ललितपुर, २५ भाद्र, २०८१; नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरको सम्पदा सदन, अन्नपुर्ण हलमा नेपालको मौद्रिक नीति: समस्या र संभावना सन्दर्भमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरद्धारा उपसचिव तहका कर्मचारीहरुका लागि संचालनरत सेवाकालिन तालिम Advanced Course on Management and Development (ACMD-2) को Know Your Economy (KYE) मोड्यूल अन्तर्गत नेपालको आर्थिक नीति सम्बन्धी दुई दिने गोष्ठीको दोस्रो दिनको पहिलो शत्रमा समूह २ का प्रशिक्षार्थी श्री अच्यूत राज रेग्मीले शत्रको अध्यक्षता गर्नु भएको थियो। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनाल ज्यूको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको शत्रमा नेपाल सरकारका सेवा निबृत सहसचिव श्री बावुराम सुवेदी ज्यू बिषय बिज्ञको रुपमा रहनु भएको थियो। प्रतिष्ठान बरिष्ठ अध्ययन निर्देशक श्री त्रिलोचन पोखरेल र अध्ययन निर्देशक डा. रघु विष्ट ज्यू, अध्ययन उपनिर्देशक द्धय शितल मोक्तान र श्री रोशना भुजेल ज्यूको आतित्यथता रहेको शत्रको सुरुमा श्री गणेश प्रसाद पौडेलले प्रस्तुतिको उद्धेश्य माथि प्रकास पार्दै कार्यक्रमको सहजिकरण गर्नु भएको थियो।
नेपालको मौद्रिक नीतिको बिभिन्न आयामहरु; नेपालमा मौद्रिक नीतिको अभ्यास, अर्थतन्त्रको अवस्था, मौद्रिक नीतिको सन्दर्भमा उठेका सवालहरु, समस्या र समाधान, नीतिगत सुझावहरु लगायतका बिषयवस्तुहरुमा श्री उर्मिला के. सि. र श्री सुदर्शन श्रेष्ठले गर्नु भएको प्रस्तुतिकरणमा गोष्ठीका सहभागीहरुले अन्तरक्रियाको चरणमा सक्रियतापुर्वक जिज्ञाशाहरु, सुझाव एवं पृष्ठपोषण ब्यक्त गर्नु भएको थियो।प्रतिष्ठानका डा. विष्टले मौद्रिक नीति आफैमा गहन बिषयवस्तु भएको विचार राख्दै सुझाबहरु राख्नु भएको थियो। बिषय बिज्ञ, नेपाल सरकारका सेवा निबृत सहसचिव श्री बावुराम सुवेदीले प्रस्तुतिमा पृष्ठपोषण प्रदान गर्दै नेपाल राष्ट्र बैकले जारी गरेको मौद्रिक नीतिको सफल कार्यान्वयनमा मुलुकको अर्थतन्त्रको अवस्था र मुद्रा प्रवाहले प्रभाव पार्ने बताउनु थियो। प्रतिष्ठानका कार्यकारी निर्देशक डा. खनालले गोष्ठीको यस शत्रको बिश्लेक्षण गर्दै मुलुकको अर्थत्रन्त्रका बिभिन्न आयामहरुमा प्रकाश पार्नु भएको थियो।
प्रशिक्षार्थीद्धय श्री श्रवण खनाल शत्र व्यवस्थापन र डा. देवराज अधिकारीले टिप्पणीकर्ताको भूमिकामा रहनु भएको थियो।अन्त्यमा, सभाध्यक्ष रेग्मीले अतिथिज्यूहरु, बिषय बिज्ञ र सम्पूर्ण सहभागीहरुलाई सहभागीतात्मक अन्तर्क्रियाका लागि आभार ब्यक्त गर्दै शत्रको समापन गर्नु भएको थियो। गोष्ठीको यस शत्रले नेपालको मौद्रिक नीति बिश्लेषण गर्दै मुलुकमा मुद्राको उत्पादकत्व अभिबृद्धि गर्न उपायहरुको खोजीमा निकै महत्वपूर्ण रहेको छ ।
दोस्रो दिनको, दोस्रो सत्र
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा नेपाल सरकारका रा. प. द्वितीय श्रेणी (उपसचिव) का कर्मचारीहरुका लागि सञ्चालित सेवाकालीन तालिम Advanced Course on Management and Development (ACMD 2) को Know Your Economy (KYE) मोड्यूल अन्तर्गत नेपालको आर्थिक नीति सम्बन्धी दुई दिने गोष्ठीको दोस्रो दिनको दोस्रो सत्रमा समूह ४ का प्रशिक्षार्थी श्री ईश्वर प्रसाद कोइरालाले सत्रको अध्यक्षता गर्नु भएको थियो भने नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका बरिष्ठ अध्ययन निर्देशक श्री त्रिलोचन पोखरेलज्यू प्रमुख आतिथिको रुपमा रहनु भएको थियो। यसैगरी कार्यक्रममा नेपाल सरकारका सेवा निवृत्त सचिव डा. गोपी कृष्ण खनालज्यू विषय बिज्ञको रुपमा रहनु भएको उक्त कार्यक्रमा प्रतिष्ठानका अध्ययन निर्देशक डा. रघु बिष्टज्यू, उपनिर्देशक शितल मोक्तान तथा श्री रोशनी भुजेलज्यूको समेत आतित्थ्यता रहेको यस सत्रमा प्रशिक्षार्थी श्री प्रविन ढकालद्वारा प्रस्तुतिको उद्धेश्य माथि प्रकाश पार्नु भएको थियो ।प्रशिक्षार्थीहरु श्री अनुप के.सी, श्री राजेन्द्र प्रसाद कडेल र श्री राजन भट्टराईद्वारा प्रदेश र स्थानीय तहका राजस्व: अभ्यास र सुधारका विषयमा प्रस्तुति दिनुभएको थियो ।
उक्त समूहले गण्डकी प्रदेशका २२ वटा स्थानीय तह र सातै वटा प्रदेशको राजस्व र आन्तरिक आयका सम्बन्धमा कानुनी आधार र बिद्यमान बस्तुस्थितिको प्रस्तुति, एक आपसमा खप्टीएका अधिकारक्षेत्रहरु, कानुनी जटिलताहरु, तीन तहका सरकारहरुबीचको समन्वय र सहकार्यमा रहेका बिद्यमान कमजोरीहरुको बिश्लेषण गर्दै आगामी दिनमा गर्न सकिने सुधारका उपायहरुको समेत पहिचान गरेको थियो । प्रदेश र स्थानीय राजस्वका सम्बन्धमा प्रस्तुत गरिएका विषय-वस्तु माथि सहभागीहरुले अन्तरक्रियाको चरणमा सक्रियतापूर्वक जिज्ञाशा, सुझाव एवं पृष्ठ पोषणहरु राख्नु भएको थियो।प्रशिक्षार्थीहरुबाट उठेका सवालहरुको सम्बोधन राजन भट्टराई तथा विषय बिज्ञबाट भएको थियो ।
प्रतिष्ठानका अध्ययन निर्देशक डा. रघु बिष्टज्यूबाट प्रस्तुतिले सम्बन्धित विषयमा पूर्ण न्याय गरेको धारणा व्यक्त गर्नु भएको थियो भने कृषि उत्पादनमा कर लगाउने विषयको जटिलता बारे पनि प्रकाश पार्नु भएको थियो ।यसै गरी विषय बिज्ञ डा. गोपी कृष्ण खनालले प्रस्तुतिमा FRA- Fiduciary Risk Assessment र LISA- Local Level Institutional Self-Assessment का विषयलाई पनि समाबेश गर्नुपर्ने धारणा राख्नु भएको थियो ।उहांले बिशेषत: Vertical Fiscal Gap को विषय Subsistence level को कृषिमा कर लगाउन उपयुक्त नहुने विषय, ढुङ्गा गिटी वालुवाको सम्बन्धमा रहेको जटीलता लगायतका विषयमा आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिष्ठानका बरिष्ठ अध्ययन निर्देशक त्रिलोचन पोखरेलज्यूले संघीय संरचनामा हामीले केवल Fiscal Harmonization मा मात्र केन्द्रित नभई Differential Experiment मा पनि जानुपर्ने विषय उल्लेख गर्दै भारतको दृष्टान्त प्रस्तुत गर्नु भएको थियो ।
प्रशिक्षार्थीद्वय श्री सुलोचना बज्रचार्य सत्र व्यवस्थापन (Event Manager) र अनुप के.सीले टिप्पणीकर्ता (Rapporteur) को भूमिका निभाउनु भएको थियो । कार्यक्रमको अन्त्यमा सभाध्यक्ष ईश्वर प्रसाद कोइरालाले प्रमुख अतिथिज्यू, अतिथिज्यू, विषय बिज्ञज्यू र सम्पूर्ण सहभागिहरुलाई सहभागितात्मक अन्तरक्रियाको लागि आभार व्यक्त गर्दै सत्रको समापन गर्नु भएको थियो । यस गोष्ठी प्रदेश र स्थानीय तहको राजस्व परिचालनका सम्बन्धमा रहेका व्यवहारिक र कानुनी जटिलतालाई सुल्झाउन महत्पूर्ण सहयोग पुर्याउने अपेक्षा गर्न सकिन्छ ।
धन्यवाद ।