नेपालको आर्थिक नीति सम्बन्धि दुइ दिने गोष्ठी ।

पहिलो सत्र :

Bridging the gap: Connectivity for Agricultural trade in Nepal

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा नेपाल सरकारका रा. . द्वितीय श्रेणी (उपसचिव)  का कर्मचारीहरुका लागि सञ्चालित सेवाकालीन तालिम Advanced Course on Management and Development (ACMD-4) को Know Your Economy (KYE) मोड्यूल अन्तर्गत नेपालको आर्थिक नीति सम्बन्धी दुई दिने गोष्ठीको पहिलो दिनको पहिलो सत्रमा  प्रशिक्षार्थी श्री प्रमोद सिंखडाले सत्रको अध्यक्षता गर्नु भएको थियो भने नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालज्यू प्रमुख अतिथि र उप कार्यकारी निर्देशक श्री विष्णु प्रसाद लम्साल बिशेष अतिथिको रुपमा रहनु भएको थियो। यसैगरी कार्यक्रममा नेपाल सरकार प्लान्ट क्वारेन्टाइन कार्यालय, पुल्चोक प्रमुख सहसचिव श्री भोजराज सापकोटाज्यू र शंकरापुर नगरस्तरिय कृषि संजाल प्रमुख सुन्दर मल्ल विषय बिज्ञको रुपमा रहनु भएको थियो। उक्त कार्यक्रममा प्रतिष्ठानका अध्ययन निर्देशक डा. रघु बिष्टज्यू र अध्ययन उपनिर्देशक रोशनी भुजेलको उपस्थिति रहेको थियो। उक्त सत्रमा प्रशिक्षार्थी श्री राम बहादुर कुँवरले प्रस्तुतिको उद्धेश्य माथि प्रकाश पार्नु भएको थियो Trade Connectivity Group(ACMD-4) को तर्फबाट प्रशिक्षार्थीहरु श्री शर्मिला दाहाल पौडेल र होम बहादुर बि.. द्वारा  "Bridging The Gap: Connectivity for Agricultural Trade in Nepal" विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो ।

नेपालमा सडक, हवाई, डिजिटल कनेक्टिभिटीका साथै कृषि ब्यापारसँग सम्बन्धित नीतिगत बिषयहरुलाई समेटेर कृषि ब्यापारको बिभिन्न आयामहरु, वर्तमान अबस्था, अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान, कृषि ब्यापार नीतिको सन्दर्भमा उठेका सवालहरु, समस्या समाधान, नीतिगत सुझावहरु समेतका बिषयवस्तुमा श्री शर्मिला दाहाल पौडेल र श्री होम बहादुर बि.. ले प्रस्तुतिकरण गर्नु भएको थियो।गोष्ठीका सहभागीहरुले अन्तरक्रियाको चरणमा उमाकान्त अधिकारी, प्रेम प्रसाद दाहाल विनोद भट्टराई,  ऋषिराम भूषाल,  राजु क्षेत्री र राम बहादुर कुँवरले सक्रियतापूर्वक जिज्ञाशा, सुझाव एवं पृष्ठपोषण ब्यक्त गर्नु भएको थियो। डा. विष्टले कृषिकर्म आफैमा कठीन भएकोले यसमा व्यक्तिगत लगावका साथै सरकारको सहयोग आवश्यक हुने बताउनु भयो। बिषय बिज्ञ, सापकोटाले आर्थिक कुटनीतिक क्षमता अभिबृद्धि गरी विश्व व्यापार संगठन र खुला सिमानाजन्य समस्याको न्यूनिकरण गर्दै कृषि व्यापारमा अन्तरआवद्धता बढाउनु पर्ने विषयमाथि प्रकाश पार्नु भयो। बिज्ञ, मल्लले प्रस्तुतिमा पृष्ठपोषण प्रदान गर्दै नेपाल सरकारले कृषि उपजको समर्थन मूल्य तोकी समुदायस्तरका कृषकको संरक्षण गर्नुपर्ने विषयलाई प्रतिवेदनमा समावेश गर्नुपर्ने बताउनु भयो। प्रतिष्ठानका कार्यकारी उप निर्देशक लम्सालले  गोष्ठीको उक्त सत्रमा उठान भएका विषयवस्तुको संक्षेपीकरण गर्दै प्रतिवेदनमा उल्लेखित तथ्यहरुको आधारमा गरिएको समस्याको बिश्लेषण तथा उजागर गरी प्रस्तुत गरिएका सुधारका उपायहरुले  सत्यको खोजी गर्न महत्वपर्ण कोशेढुंगा सावित हुने विश्वास ब्यक्त गर्नु भयो ।

ओमराज ढुंगाना सत्र व्यवस्थापक (Event Manager)  र प्रेम प्रसाद दाहालले टिप्पणीकर्ता (commentator) को भूमिका निभाउनु भएको उक्त कार्यक्रमको अन्त्यमा सभाध्यक्ष प्रमोद सिंखडाले प्रमुख अतिथिज्यू, अतिथिज्यू, विषय बिज्ञज्यू र सम्पूर्ण सहभागिहरुलाई सहभागितात्मक अन्तरक्रियाको लागि आभार व्यक्त गर्दै सत्रको समापन गर्नु भएको थियो । यस गोष्ठीले कृषि ब्यापार सम्बद्ध कानुनी एवं ब्यवहारिक जटिलतालाई सुल्झाउन महत्वपूर्ण सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

दोश्रो सत्र

Trends and Impact of Digital Banking in Nepal

ललितपुर, २३ फाल्गुण, २०८१; नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरको अरनिको हलमा  "Trends and Impact of Digital Banking in Nepal" सम्बन्धी बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरद्धारा उपसचिव तहका कर्मचारीहरुका लागि संचालित सेवाकालीन तालिम Advanced Course on Management and Development (ACMD-4) को Know Your Economy (KYE) मोड्यूल अन्तर्गत "नेपालको आर्थिक नीति सम्बन्धी दुई दिने गोष्ठी" को पहिलो दिनको दोश्रो सत्रमा प्रशिक्षार्थी श्री प्रेम प्रसाद दाहालले सत्रको अध्यक्षता गर्नु भएको थियो। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका उप कार्यकारी निर्देशक विष्णु लम्सालज्यूको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको सत्रमा नेपाल सरकारको अर्थ मन्त्रालयका सहसचिव श्री श्रीचन्द्र साहज्यू र सानिमा बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत भुवन दाहालज्यू बिषय बिज्ञको रुपमा रहनु भएको थियो। प्रशिक्षार्थी राम बहादुर कुँवरले गोष्टीको उद्धेश्य माथि प्रकाश पार्नु भएको थियो । अध्ययन निर्देशक डा. रघु विष्ट ज्यू र अध्ययन उपनिर्देशक श्री रोशनी भुजेलज्यूको आतिथ्यता रहेको सत्रमा ई. श्री निरोज दाहाल र डा. भक्त बहादुर के.सी. ले प्रस्तुतिकरण गर्नु भएको थियो।

नेपालमा डिजिटल बैंकिङ्गको बिभिन्न आयामहरु; नेपालको अर्थतन्त्रको  बर्तमान अवस्था,  डिजिटल बैंकिङ्ग सन्दर्भमा उठेका सवालहरु, समस्या समाधान, नीतिगत सुझावहरु लगायतका बिषयवस्तुहरुमा ई श्री निरोज दाहाल र डा भक्त बहादुर के. सी. ले डिजिटल पूर्वाधारको विकास डिजिटल साक्षरता अभिबृद्धि र दिगो उर्जा सम्बद्ध विषयमा समेटेर भएको प्रस्तुतिकरणमा होम बहादुर बि.. , ऋषिराम भूषाल, रामानन्द धरी, विनोद भट्टराई, राम बहादुर कुँवर, राजु क्षेत्री, विनय कँडेल, प्रमोद सिंखडा, सर्मिला दाहाल पोडेल सावित्रा शर्माले अन्तरक्रियाको चरणमा सक्रियतापूर्वक जिज्ञाशा, सुझाव एवं र पृष्ठपोषण ब्यक्त गर्नु भएको थियो। टिप्पणीकर्ता श्री दीपक ढकालले प्रस्तुतिकरणमा थप समाबेश गर्नुपर्ने बिषयहरुलाई रचनात्मक रुपमा उठान गर्नु भएको थियो। बिज्ञ, दाहालले डिजिटल नीति आफैमा गहन बिषयवस्तु भएको विचार राख्दै सुझाबहरु राख्नु भएको थियो। बिषय बिज्ञ, नेपाल सरकारका सहसचिव श्री चन्द्र साहले प्रस्तुतिमा पृष्ठपोषण प्रदान गर्दै डिजिटल बैंकिङ्गको प्रयोगले कारोवार लागत घटाउने जनजीवनलाई सहज बनाउने साथै नेपाल राष्ट्र बैकले  डिजिटल बैंकिङ्गको सफल कार्यान्वयन गर्न सकेमा आन्तरिक तथा बाह्य ब्यापारमा सकारात्मक प्रभाव पर्नुका साथै मुलुकको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नु भयो। प्रतिष्ठानका उप कार्यकारी निर्देशक लम्सालले गोष्ठीको यस सत्रमा प्रस्तुत विषयवस्तुमाथि  बिश्लेक्षण गर्दै मुलुकको अर्थत्रन्त्रका बिभिन्न आयामहरुमा प्रकाश पार्नु भएको थियो।

प्रशिक्षार्थी श्री दीपक ढकालले टिप्पणीकर्ताको भूमिका निर्वाह गर्नु भएको उक्त गोष्ठीको अन्त्यमा, सभाध्यक्ष दाहालले अतिथिज्यूहरु, बिषय बिज्ञ र सम्पूर्ण सहभागीहरुलाई सहभागितात्मक अन्तर्क्रियाका लागि आभार ब्यक्त गर्दै सत्रको समापन गर्नु भएको थियो। गोष्ठीको यस सत्रले नेपालको डिजिटल बैंकिङ्गको नीतिगत संस्थागत एवं ब्यवहारगत पक्षहरुको तथ्यगत बिश्लेषणको आधारमा दिइएका सुझावहरुको अक्षरसः पालना हुन सकेमा  डिजिटल बैंकिङ्ग प्रणाली मार्फत ‌औपचारिक अर्थतन्त्रको बिस्तार भई मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।