Poster Presentation र Learning Reflection Programme सम्पन्न

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा सञ्चालित 38 औ आधारभुत प्रशासन प्रशिक्षणमा सहभागी भेरी र मेची समूहका प्रशिक्षार्थी अधिकृतहरुको संयुक्त आयोजनामा मिति 2080 साल चैत्र 9 गते यस प्रतिष्ठानको पृथ्वी हलमा Poster Presentation र Learning Reflection Programme सम्पन्न भएको छ। 
Governance and Service Delivey Module अन्तर्गत चैत्र 6 र 7 गते भेरी र मेची समूहका प्रशिक्षार्थी अधिकृतहरु क्रमशः भक्तपुर र बुढानीलकण्ठ नगरपालिकाका विभिन्न वडाहरुमा Public Service Design and delivery को बारेमा अध्ययन अवलोकनको लागि जानुभएको थियो। ती वडाहरुमा भएका भौतिक पूर्वाधार विकासको अवस्था, शिक्षा, स्वास्थ्य, फोहोरमैला व्यवस्थापन, सूचना प्रविधि, राजस्व लगायतका विषयहरुमा केन्द्रित रही अध्ययन अवलोकन पश्चातका सिकाइ उपलब्धिहरुलाई विभिन्न दश वटा पोष्टर मार्फत प्रस्तुतीकरण गरिएको थियो। प्रस्तुतीकरण कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी, प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनाल, प्रतिष्ठानका वरिष्ठ अध्ययन निर्देशक, अध्ययन निर्देशक, विभिन्न विभागीय प्रमुख लगायतले अवलोकन गर्नुभएको थियो। अध्ययन, अवलोकन र सो क्रममा प्राप्त सिकाइलाई भेरी र मेची समूहबाट प्रशिक्षार्थी अधिकृतहरु क्रमशः कल्याणी घिमिरे र टिकाराम पराजुलीले समीक्षा गर्नुभएको थियो। कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराई र बुढानीलकण्ठ नगरपालिका वडा नं.4 का वडा सचिव नविन थापाले प्रस्तुतीकरण माथि टिप्पणी गर्नुभएको थियो। 
उक्त कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले सेवा प्रवाहमा Citizens Journey लाई घटाउन सकेको खण्डमा Public Service Design उपलब्धिमूलक हुने कुरा ब्यक्त गर्नुभएको थियो। उहाँले सेवा प्रवाहमा सेवाग्राहीलाई ग्राहकको रुपमा नभई नागरिकको रुपमा व्यवहार गर्नुपर्ने आशय व्यक्त गर्नुभएको थियो।