कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयानुसार प्रतिष्ठानमा हाल संचालन भैरहेका कार्यक्रमहरू देहाय अनुसार स्थगन गर्ने प्रतिष्ठानको प्रशिक्षण, परामर्श तथा अनुसन्धान समितिको मिति २०७६।१२।६ गतेको बैठकबाट निर्णय भएको हुदाँ सम्बन्धित सबै प्रशिक्षार्थी अधिकृतहरूलाइ अर्को व्यवस्था नभएसम्मको लागि काज फिर्ता गरिएको छ । स्थगन भएका कार्यक्रमहरू पछि सोही समूहको लागि छुट्टै संचालन गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।

